Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

विश्व परिवेशलाई हेर्दा शहरीकरणलाई रोक्न नसकिने तर व्यवस्थापनको विकल्प छैन: कार्यबहाक प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ संविधान लागू भएर देशको संघीय ढाँचामा पुन:संरचाना पश्चात नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको बताएका छन ।

नेपाली वास्तुविद् समाज (सोना) र ग्लोबल बिजनेश रिकनेक्टको संयुक्त आयोजनामा बिहिबारबाट काठमाडौमा शुरु भएको आर्कबिल्ड एक्स्पो २०२४को विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।

‘नेपालको नयाँ संविधान लागु भै देशको संघीय ढाँचामा पुन:संरचाना पश्चात नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको छ। सन् २०२६ सम्म अतिकम विकसित राष्ट्रबाट विकासील राष्ट्रको श्रेणीमा स्तोरोन्नती हुने प्रयासमा छ। यो विकास प्रयासमा खासगरी आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी विदेशी ठूलो लगानी, प्रविधि र विज्ञताको आवश्यकता रहेको छ,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने,  ‘अर्कोतर्फ, हालका वर्षहरूमा जलवायु परिवर्तनजन्य एवं अन्य विपद्का घटनाहरूमा बढोत्तरी भै विकास प्रयासलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरू बढेर गएका छन्। यस परिप्रेक्षमा हाम्रा शहरहरू र समुदायहरूको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरुको खोजी गर्नु आजको चुनौती रहेको छ।’

शहरी विकास मन्त्री समेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री सिंहले नेपालको विविधतायुक्त भूगोल, पर्यावरण र सामाजिक साँस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत वस्ती, स्थानीय मौलिक वास्तुकला, निर्माण शैली, यसबाट सिर्जित निर्मित वातावरण र मुर्त अमुर्त सांस्कृतिक सम्पदाहरू नेपालको ठूलो सम्पत्ति रहेको बताए ।  तर, अहिलेको निर्माण पद्धतिहरूमा मौलिकताको पक्ष ओझेल पर्दै गएको भन्दै उनले नेपाली पहिचानको धरोहरको रूपमा रहेको नेपाली वास्तुकला र निर्मित वातावरणको गौरवमय इतिहासलाई कायम राख्दै आधुनिक विकास निर्माणलाई नेपालीपन सहितको दिगो बनाउन सहि दिशानिर्देश गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

नेपाल अहिले तिब्रत्तर शहरीकरणको प्रकृयाबाट गुज्रिरहेको र गाउँबाट मानिसहरू विभिन्न अवसरको खोजिमा शहरमा बसाईसराई गर्ने प्रवृत्ति बढेको भन्दै उनले भने, ‘विश्व परिवेशलाई हेर्दा शहरीकरणलाई रोक्न नसकिने र यसको व्यवस्थापनको विकल्प नरहेको देखिएको छ। नेपालमा शहरीकरणलाई व्यवस्थापन गर्ने क्रममा शहरमा रोजगारी, सेवा पूर्वाधारको बृद्धि गर्न अहिले भएका प्रयासहरू प्रयाप्त छैनन्।’

योजनाबद्ध शहरी विस्तार, भूउपयोग र भौतिक विकासको नियमन, र रणनैतिक हिसाबले एकीकृत पूर्वाधारमा लगानी गर्न सकिएन भने यसबाट दिर्घकालमा गम्भिर सामाजिक, आर्थिक र वातावरणीय असरहरू भोग्नु पर्ने उनको भनाई थियो । यी चुनौतिहरूको सामना गर्न नेपाली वास्तुविद र इन्जिनियरिङ समुदाएको भूमिका महत्वपूर्ण हुने पनि उनको भनाइ छ ।

वास्तुकला क्षेत्रमा बिशेष गरि कृषि, हरित उर्जा, योग, साधना, आर्युवेद र प्राकृतिक उपचार सहितको स्वास्थ्य हेरचाह, मनोरञ्चन, साहसिक र पर्यापर्यटनको आतिथ्यताको क्षेत्रको पूर्बाधार निर्माणमा अथाह सम्भावना राख्ने भन्दै उनले यी क्षेत्रको उन्नयन मार्फत नेपालको समृद्धिको यात्रामा सहभागी हुन र  सहकार्य गर्न स्वदेशी र विदेशी वास्तुबिद, लगानी कर्ता, उत्पादक, विज्ञ सबैलाई आग्रह गरेका छन ।

नेपाली वास्तुविद्हरूको भूमिकालाई थप प्रभाबकारी बनाउन गरिनुपर्ने नीतिगत र संस्थागत सुधारका लागि शहरी विकास मन्त्रालय तत्पर रहेको मन्त्री सिंहले प्रतिवद्धता पनि जनाए । आजबाट शुरु भएको एक्स्पो ३ दिन चल्ने आयोजकले जनाएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...

पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...

आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...

नेपाललाई श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने

काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...

संविधान संशोधन बहसपत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद...

भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सरकारको नीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको न...

समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न एकीकृत सुरक्षण कोष स्थापना गरिने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। र...

आज साँझ एसईई नतिजा सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड स्रोतका...

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको छन् । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending