बेइजिङ । चीनको दक्षिणी शहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
बाओआन जिल्ला विपत व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शेन्जेन-जियाङमेन रेलमार्ग निर्माणस्थलकोे एक खण्डमुनिको जमिन खसेपछि त्यहाँ काम गरिरहेका एक दर्जनभन्दा बढी कामदार सम्पर्कमा आउन सकेका छैनन् ।” बेपत्ताको खोजी कार्य बिहीबार बिहानदेखि जारी रहेको र दुर्घटनासम्बन्धमा अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।
विपत व्यवस्थापन विभागका अनुसार अधिकारीहरुले नजिकैका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । उद्धारकार्यका लागि बिहीबार बिहान घटनास्थल नजिकका प्रमुख द्रूत रेलमार्ग बन्द गरिएको शहरका अधिकारीहरुले बताएका छन् ।
दक्षिण चीनको गुआङ्ग्डोङ प्रान्तको शेन्जेनदेखि जियाङमेन जोड्ने रेलमार्गको निर्माण सन् २०२२ मा सुरु भएको थियो । कमजोर नियमन र फितलो सुरक्षा मापदण्डका कारण हुने औद्योगिक दुर्घटनालाई चीनमा सामान्यरुपमा लिने गरिएको छ । गत अगस्टमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा भएको खानी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको थियो ।
उत्तरी चीनको हेबेई प्रान्तमा गत मार्चमा भएको ग्यास विस्फोटमा परी सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए । पूर्वी शहर नानजिङमा गत फेब्रुअरीमा एक आवासीय भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८२ - २०:३९
पोखरा । जेनजी आन्दोलनका बावजुत आन्तरिक राजस्व कार्यालय पोखराले अपेक्षाकृत राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार पहिलो चार महिनामा डेढ अर्ब राज...
मंसिर २ गते, २०८२ - २०:३६
काठमाडाैं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको सच...
मंसिर २ गते, २०८२ - २०:३२
काठमाडाैं । सर्वोच्च अदालतले पाँच सांसदलाई पदमुक्त गर्ने मधेश प्रदेश सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश नित्यान...
मंसिर २ गते, २०८२ - २०:२७
बागलुङ । बागलुङमा ६ हजार नागरिकलाई योग शिक्षा प्रदान गरिएको छ । मानवसेवा आश्रम बागलुङ शाखाले आयोजना गरेको योग शिविरबाट ६ हजार बढीलाई योगासनको विषयमा ज...
मंसिर २ गते, २०८२ - १९:३१
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)–२ को उद्घाटन खेलमा गत संस्करणको विजेता जनकपुर बोल्ट्स काठमाडौं गोर्खाज्ससँग पराजित भएको छ । ...
मंसिर २ गते, २०८२ - १९:२१
झापा । पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यति बेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर...
मंसिर २ गते, २०८२ - १९:१७
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै दल दर्तामा उत्साह देखिएको छ । आयोगमा हा...
मंसिर २ गते, २०८२ - १९:११
काठमाडौं । नागरिक समाजका अगुवाहरूले फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा गराउन प्रभावकारी शान्ति–सुरक्षा सुनिश्चित गर्न र राजनीत...
मंसिर २ गते, २०८२ - १९:०१
चिन । चीनको १५औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अहिले अत्याधुनिक प्रविधिको प्रदर्शन हुँदैछ । रोबोटले खेलाडीलाई मेडल प्रदान गर्दै दर्शकको ध्यान तानेका ...
मंसिर २ गते, २०८२ - १८:१४
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग अनौपचारिक भेटघाट गरेका छन् । कांग्रेसका प्रमुख सचेतक ...




प्रतिकृया लेख्नुहोस्: