बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँग अन्तिम पटक रहेका साथीहरूमाथि अनुसन्धान अघि बढाएको छ।
बडिगाड गाउँपालिका–१ थानका लजिन थापा साउन १ गते साँझ करिब ८ बजे साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका थिए। त्यसयता उनी घर नफर्किएको र कुनै सम्पर्कसमेत नभएपछि परिवारले प्रहरीमा उजुरी दिएको हो।
लजिनका बुबा बोमबहादुर थापाले आठ दिन बितिसक्दा पनि छोराको कुनै अत्तोपत्तो नलागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार परिवार र स्थानीयले विभिन्न स्थानमा खोजी गरे पनि कुनै सुराक फेला परेको छैन।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार लजिन बेपत्ता भएको दिन उनीसँग रहेका केही साथीलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान भइरहेको छ। प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
यता, बडिगाड गाउँपालिका–१ किर्तुल नेपानेकी ८० वर्षीया भूमी सलामी पनि बुधबार बिहानदेखि सम्पर्कविहीन भएकी छन्।
उनका छोरा यमबहादुर सलामीका अनुसार सुस्त मनःस्थितिकी भूमी बिहान करिब ७ बजे घरबाट निस्किएकी थिइन्। स्थानीयले उनलाई बडिगाड–२ स्थित लब्दीखोला आसपास देखेको जानकारी दिए पनि हालसम्म फेला पार्न सकिएको छैन।
स्थानीयको सूचनाअनुसार उनी खौलार बजारतर्फ गएको हुन सक्ने अनुमान गर्दै जलजला, खौलार र आसपासका क्षेत्रमा प्रहरी तथा स्थानीयले खोजी कार्य जारी राखेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - ०९:१४
ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ
श्रावण ८ गते, २०८३ - ०९:१३
‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी
श्रावण ८ गते, २०८३ - ०९:११
तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध
श्रावण ८ गते, २०८३ - ०९:०८
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...
श्रावण ८ गते, २०८३ - ०९:०५
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...
श्रावण ८ गते, २०८३ - ०९:०४
बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...
श्रावण ८ गते, २०८३ - ०९:०१
झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...
श्रावण ८ गते, २०८३ - ०८:५९
झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...
श्रावण ८ गते, २०८३ - ०८:५७
पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...
श्रावण ८ गते, २०८३ - ०८:५५
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...



प्रतिकृया लेख्नुहोस्: