पोखरा । वैदेशिक रोजगारीबाट फर्किएका तथा सहर छाडेर गाउँमै कृषि उद्यम गर्न चाहने युवालाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले कृषि ऋणको ब्याजमा अनुदान दिने भएको छ।
प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षका लागि ल्याएको ‘रिटर्न टु भिलेज’ कार्यक्रमअन्तर्गत कृषि उद्यम सुरु गर्ने युवालाई ऋणको ब्याजमा सहुलियत प्रदान गर्ने योजना अघि सारेको हो।
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुर कार्कीको पदबहालीको एक सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सचिव डा. प्रेरणा सेढाईं भट्टराईले यस कार्यक्रमका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्।
उनका अनुसार विदेशबाट फर्किएका मात्र होइन, स्वदेशमै सहर छाडेर गाउँ फर्की कृषि व्यवसाय गर्न चाहने युवाले पनि कार्यक्रमबाट लाभ लिन सक्नेछन्। सरकारले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउँदै गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।
मन्त्री कार्कीले कृषि उत्पादन वृद्धि, व्यावसायिक खेती विस्तार र बजारीकरणलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए। उनका अनुसार युवालाई कृषिमा टिकाउन आर्थिक प्रोत्साहन अपरिहार्य भएकाले ब्याज अनुदानको व्यवस्था गरिएको हो।
यसैगरी मन्त्रालयले चालु आर्थिक वर्षमा कृषि उपजको ढुवानीलाई सहज बनाउन ‘कृषि एम्बुलेन्स सहयोग कार्यक्रम’ का लागि १ करोड रुपैयाँ छुट्याएको छ। यस्तै, जैविक मलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्न २ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारले कृषि क्षेत्रमा आधुनिक प्रविधि, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई जोड दिँदै युवामैत्री कार्यक्रममार्फत कृषि उद्यमलाई थप विस्तार गर्ने रणनीति लिएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - ०९:१४
ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ
श्रावण ८ गते, २०८३ - ०९:१३
‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी
श्रावण ८ गते, २०८३ - ०९:११
तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध
श्रावण ८ गते, २०८३ - ०९:०८
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...
श्रावण ८ गते, २०८३ - ०९:०५
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...
श्रावण ८ गते, २०८३ - ०९:०४
बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...
श्रावण ८ गते, २०८३ - ०९:०१
झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...
श्रावण ८ गते, २०८३ - ०८:५९
झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...
श्रावण ८ गते, २०८३ - ०८:५७
पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...
श्रावण ८ गते, २०८३ - ०८:५५
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...



प्रतिकृया लेख्नुहोस्: