सल्यान । सल्यानको छत्रेश्वरी गाउापालिकाले आफ्नो पालिकाभित्रका स्नातकोत्तर तहमा थेसिस (सोधपत्र) लेख्ने विद्यार्थीलाई नगद रकम सहयोग गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको उच्च शिक्षालाई प्रोत्साहन गर्नका लागि पालिकाभित्रकै विद्यार्थीले पालिकाभित्रका कुनै पनि क्षेत्रसँग सम्बन्धित विषयमा थेसिस गरेमा २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
थेसिस सहयोग मार्फत स्थानीय अनुसन्धान र ज्ञानको विकासलाई अगाडि बढाउने उद्देश्य अनुरुप कार्यपालिका बैठकबाट यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिए । ‘छत्रेश्वरी गाउँपालिकाभित्रकै कुनै पनि विद्यार्थीले मास्टर्स डिग्री गर्दा पालिकासंग सम्बन्धीत विषयमा सोधपत्र लेख्नका लागि प्रक्रिया अनुसार आवेदन दिएमा २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको हो’, उनले भने ।
गाउँपालिकाको यस कार्यक्रमले विद्यार्थीलाई आफ्नै समुदायको समस्या, सम्भावना, र समाधानका उपायबारे अनुसन्धान गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । सहयोगका लागि पालिकाभित्रका स्थायी बासिन्दा रहेका विद्यार्थीले मात्र आवेदन दिन सक्नेछन् । उनीहरूले आफ्नो थेसिसको शीर्षक, उद्देश्य, र प्रस्तावनासहित गाउँपालिकामा आवेदन दिनुपनर्ने छ ।
छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिक्षा र अनुसन्धानलाई प्राथमिकतामा राखेर स्थानीय युवा विद्यार्थीको क्षमतामा सानो भएपनि लगानी गर्ने निर्णय भएको बताए । ‘हाम्रो समुदायको विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ । उहाँहरुको सीप र ज्ञानलाई यहाँको आवश्यकता अनुरूप उपयोग गर्न यस कार्यक्रमले ठूलो भूमिका खेल्ने अपेक्षा गरेका छाैं, उनले भने ।
पालिकाको यो निर्णयले विशेष गरी निम्न आर्थिक पृष्ठभूमिका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न थप प्रेरणा मिल्ने बताइएको छ । यसका साथै, विद्यार्थीले गर्ने अनुसन्धानले गाउँपालिकाका नीति निर्माण, विकास योजना, र अन्य स्थानीय समस्याहरूको समाधानमा टेवा पुग्ने विश्वास गरिएको छ ।
यो निर्णउपछि विद्यार्थीमा उत्साह देखिएको छ । छत्रेश्वरी ३ का विद्यार्थी प्रवेश दाहालले भने, ‘थेसिस गर्दा आर्थिक सहयोग उपलब्ध गराउने गाउँपालिकाको निर्णय महत्वपूर्ण छ । यसले हामीजस्ता विद्यार्थीलाई पढाइसँगै हाम्रो समुदायका लागि केही योगदान गर्न प्रेरणा दिनेछ ।’ विद्यार्थीले पालिका भन्दा अन्यत्र नै अनुसन्धान, खोजी कार्य गर्नेगरेकोमा पालिकाको निर्णय संगै आफ्नो ठाउँको बारेमा अध्ययन गर्नका लागि महत्वपूर्ण टेवा पुग्ने उनको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: