काठमाडाैं । प्रेस काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले स्व. श्रीमती अनिता आचार्यको स्मृतिमा संसारमा तिमीलाई...भन्ने गीत युट्युबमार्फत बाहिर ल्याएका छन् ।
‘संसारमा तिमीलाई अब भेटिदैँन तर पनि हाम्रो माया कहिल्यै मेटिदैन...’ भन्ने गीतमा गायक मातृका आचार्यले स्वर दिएका छन् भने सङ्गीत भरेका छन् सङ्गीतकार पुरुषोत्तम न्यौपानेले । यस्तै स्व.आचार्यको काल्पनिक मधुर आवाजमा साथ दिएकी छिन् आस्मा दुलालले ।
उक्त गीतको लोकार्पण प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत एक कार्यक्रम बिच गर्नुभएको थियो । उक्त गीत सार्वजनिक गर्दै उहाँले दुःखद् घटनापछि सकारात्मक सन्देश दिने काम यो गीतले गरेको उल्लेख गरेका थिए । क्यान्सरजस्तो रोग सहज र सरल रूपमा उपचारको व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्ने र मिडियाले पनि त्यसका लागि सकारात्मक कलम चलाउनुपर्ने उनकाे भनाइ छ । बस्नेतले भने, “अकालमा कसैको पनि मृत्यु नहोस् भनेर राज्यलाई लोककल्याणकारी काम गर्न गीतसङ्गीत र समाचारमार्फत घच्घचाउनुपर्छ ।”
प्रेस काउन्सिलले सामाजिक सञ्जालको राम्रो प्रयोग गरौँ भनेर आह्वान गरिरहेको र यो गीत युट्युबमार्फत सार्वजनिक गरेर यसको रचनात्मक प्रयोग भएको अध्यक्ष बस्नेतले बताउनुभयो । अरू किसिमका धेरै गीत आइरहेको भएपनि श्रद्धाञ्जली गीत आफैँमा नौलो प्रयोग भएको र यसले गर्दा सशरीर नभेटिने मानिससँग पनि युगौँ युगसम्म भेट भइरहने उनले बताए ।
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाालले यो गीतले शोकलाई शक्तिमा बदल्नका लागि प्रेरणा दिने र गीतमार्फत नै सम्झना रहिरहने उल्लेख गरे ।
गीतकार खनालले आफूले श्रीमती अनिताको निधन भएका बेला उक्त गीत लेखिएको भएपनि त्यसलाई स्मृति दिवस पारेर सार्वजनिक गरेको बताए । महिलाहरूमा पाठेघर र स्तन क्यान्सरको जोखिमबारे सचेत हुनुपर्ने उनकाे भनाइ छ ।
गायक मातृका आचार्य र सङ्गीतकार पुरुषोत्तम न्यौपानेले यो गीतका शब्दहरू मर्मस्पर्शी भएको र अथक प्रयास गरेर छोटो समयमा नै राम्रो बनाउन प्रयास गरिएको बताए ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) खनाल कविता, गीत, निबन्धमा कलम चलाउन रुचाउँछन् भने मिडिया र राजनीतिक विश्लेषणमा पनि उनका विचारहरू सार्वजनिक हुने गरेको पाइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - २०:०८
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बिहीबार उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्...
बैशाख १७ गते, २०८३ - २०:०२
काठमाडौं । सिंहदरबार मा भएको एक महत्वपूर्ण शिष्टाचार भेटमा लीला कुमारी भण्डारी र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ बीच द्विपक्षीय सम्बन...
बैशाख १७ गते, २०८३ - १९:५१
रौतहट । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण ...
बैशाख १७ गते, २०८३ - १९:४८
काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आद...
बैशाख १७ गते, २०८३ - १९:४१
काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षण संस्थामा समेत हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने नेपाल सरकारको निर्णयको समर्थन गर्दै कार्यान्वयनका ला...
बैशाख १७ गते, २०८३ - १९:२५
बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन ...
बैशाख १७ गते, २०८३ - १९:२३
काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबा...
बैशाख १७ गते, २०८३ - १९:२२
पृष्ठभूमि लोकतान्त्रिक शासन व्यवस्थामा कानुन निर्माणको प्राथमिक थलो संसद् हो। जनताका प्रतिनिधिहरूले व्यापक छलफल र बहसपछि पारित गरेको ऐन नै शासन सञ्...
बैशाख १७ गते, २०८३ - १९:१९
काबुल । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरूलाई सशक्त बनाउन एउटा छुट्टै महिला बजार खोलिएको जनाइएको छ । जहाँ दर्जनौं महिला उद्यमीहर...
बैशाख १७ गते, २०८३ - १९:०८
कञ्चनपुर । कञ्चनपुरकाे बेदकोट नगरपालिका मा ९ वर्षीय बालकमाथि भएको क्रूर कुटपिटले समाज नै स्तब्ध बनेको छ । एउटा सानो आशंकालाई आधार बनाएर बालकलाई बाँधेर...


प्रतिकृया लेख्नुहोस्: