काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘गोबर गणेश’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ ।
माघ १ गते (माघे संक्रान्ति) देखि प्रदर्शनमा आएको यो चलचित्रले १ करोड १० लाख रुपैयाँ भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ । ९ दिन (शुक्रबार) सम्ममा चलचित्रले उक्त कमाइ गरेको हो ।
दोस्रो सातामा पनि चलचित्रले हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ भने विशेषगरी दर्शकको सकारात्मक प्रतिक्रिया बलियो भएका कारण ‘गोबर गणेश’ हेर्ने दर्शकको सङ्ख्या बढ्दै गएको देखिएको छ ।
दर्शको वर्डअफ माउथ राम्रो बनेसँगै यो चलचित्रका कलाकारहरू विभिन्न सिनेमा हलहरूमा पुगेर प्रतिक्रिया लिइरहेका छन् ।
चलचित्र हेरेर निस्किएका अधिकांश दर्शकले यसलाई ‘आफ्नै घरको कथा’ भन्दै प्रशंसा गरेका छन् । निम्नमध्यम वर्गीय नेपाली परिवारको दैनिक संघर्ष, सपना र बाध्यतालाई पर्दामा दुरुस्तै उतारिएको भन्दै दर्शक भावुक समेत हुने गरेका छन् ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा तयार भएको यस चलचित्रमा मरिचमान श्रेष्ठसँगै वर्षा शिवाकोटी, बुद्धि तामाङ, पदम तामाङ, विनोद न्यौपाने, निर्मल शर्मा, माओत्से गुरुङ र सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), सन्तोष बानियाँ लगायतको अभिनय देख्न सकिन्छ ।
यसअघि टेलिभिजन पर्दामा ‘बल्छी धुर्वे’ को रूपमा रुचाइएका मरिचमानले ठूलो पर्दामा पनि निर्देशक र कलाकार दुवै भूमिकामा आफूलाई सफल प्रमाणित गर्ने संकेत चलचित्रले अहिले पाइरहेको मायाबाट देखिन्छ ।
निर्देशक तथा मुख्य कलाकार मरिचमान श्रेष्ठ भन्छन्, “हामीले एउटा इमानदार कथा भन्ने प्रयास गरेका थियौँ । दर्शकले हलबाट निस्कँदा ‘यो मेरो आफ्नै कथा हो’ भनिरहनु भएको छ । एउटा मेकरका लागि यो नै सबैभन्दा ठूलो अवार्ड हो । दर्शकको यो मायाले अबका दिनमा हलमा उपस्थिति अझै बढ्नेमा हामी ढुक्क छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: