Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । गायिका तथा नायिका सारिका घिमिरेले ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलतापछि यसको सिक्वेल ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक गर्नुभएको छ। गीतमा शब्द, संगीत र स्वर स्वयं घिमिरेकै रहेको छ भने मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन्।

केशवराज भट्टको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन छ। प्रेमविछोडको पीडा समेटिएको भिडियोमा सारिकासँगै सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय रहेको छ।

सारिकाका अनुसार गीतमा आफूले माया र गुन लगाएको व्यक्तिले बिर्सिंदै जाँदाको भावनात्मक पीडा प्रस्तुत गरिएको छ। छोटो समयमै सार्वजनिक भएको गीतले दर्शक–श्रोताको सकारात्मक प्रतिक्रिया पाउन थालेको उनले बताएकी छन्। अघिल्लो गीतझैँ यसपटक पनि व्यापक माया पाउने अपेक्षा गरिएको छ।

गीतको भिडियो सारिकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएपछि टिकटक र रिल्समा समेत यस गीतमा आधारित सामग्री निर्माण भइरहेका छन्।

डेढ दशकदेखि गायन, मोडलिङ, अभिनय र सिर्जनामा सक्रिय घिमिरेले नेपाली चलचित्र क्षेत्रमा पहिचान बनाइसकेकी छन्। एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी उनी करिब तीन दर्जन गीतका भिडियोमा देखिएकी छन्। पछिल्लो समय गायिकाका रूपमा सक्रिय घिमिरेका केही गीत युट्युबमा करोडौं भ्युज प्राप्त गर्न सफल भएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...

बाजुरामा तनाव चर्कियो : ३५ परिवार विस्थापित, भेडीगोठमा आगजनी

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...

छानबिनको ‘क्लिन चिट’सँगै गृह मन्त्रालयमा सुधन गुरुङको शक्तिशाली कमब्याक

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...

तरकारी बजारमा राहत : गोलभेँडा २० रुपैयाँमा झर्‍यो, आज कुन वस्तुको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...

निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन, नेपाली चलचित्र क्षेत्र शोकमा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending