Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको चुनौतीपूर्ण लक्ष्य

खबरडबली संवाददाता

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि लुम्बिनी लायन्सलाई एक सय ८८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा चार विकेटको क्षतिमा एक सय ८७ रन बनायो । 

सुदूरपश्चिमका लागि सईफ जैवले सर्वाधिक ९० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६१ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए।

उहाँले उक्त रन बनाउने क्रममा १९ बलमा चार चौका दुई छक्का हाने । यस्तै ब्रान्डन म्याकमुलानले २३, ओपनर विनोद भण्डारीले १७, स्कट कुग्लेजिनले अविजित ११ रन बनाए। आरिफ शेख शुन्य रनमा पेभेलियन फर्के । 

बलिङमा लुम्बिनीका रामोन सिमोन्डले दुई तथा कप्तान रोहित पौडेल र विवेक यादवले एक एक विकेट लिए। यसअघिका खेलमा ठूलो योगफल खडा गरेपनि लगातार दुई हार खेपेको लुम्बिनी पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेट र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो । आज तेस्रो खेलपनि हारेमा लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बन्नेछ ।

यता सुदूरपश्चिम लगातार तेस्रो जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । यसअघि सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रन र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानताका लागि नारीवादी परराष्ट्र नीति : परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकतामा ज...

तुलसिपुरमा भ्यानको ठक्करबाट महिलाको मृत्यु

तुलसिपुर। पिकअप भ्यानको ठक्करबाट तुलसिपुरमा एक जना महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–५ निवासी ५० वर्षीया लिला भुसालको मृत्यु भएको हो ।  इलाका ...

सुदुरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

काठमाडौं। जनकपुर बोल्टसले सुदुरपश्चिमलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो इलिमिनेटरमा जनकपुरले सुदूरपश्...

सशस्त्र प्रहरी सीमा सुरक्षा बिरगंज राजश्व संकलनमा पुनः देशमै उत्कृष्ट

रौतहट । बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म राजश्व संकलन (अवैध सामान बरामद) गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै पुनः उत्कृष्ट ...

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा चार उपसमिति गठन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एकैपटक चार वटा उपसमिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा...

प्राविधिक समस्याका कारण उद्योगमा विद्युत कटौती गर्नुपर्‍योः कुलमान घिसिङ

काठमाडौं । नेपाल उद्योग प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत कटौती गर्नुपरेको स्पष्ट पारेको छन ...

दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन प्रधानमन्त्रीलाइ निम्तो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन् । प्रध...

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्र अघि सर्नुको विकल्प छैनः मन्त्री पाण्डे

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिएको छन । बुधबार ...

सिनामङ्गलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना

काठमाडौं। काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्...

सिनामङ्गलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy