धरान। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टीमा विरोध गर्न पाइने बताएको छन् ।
शुक्रबार धरानमा आयोजित नेपाली काङ्ग्रेस धरान उपमहानगर समितिको आयोजनामा गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा “गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार” वितरण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएको हो ।
“हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो, बोल्न र विरोध गर्न पाइन्छ” उनले भने, “हाम्रो पार्टी जिवन्त पार्टी हो, सबै साथीहरु एकजुट भएर लागे पार्टीले धरानलाई एकदमै राम्रो बनाउन सक्छ । धरानको खानेपानी समस्या पनि हटाउन सक्छ । सबै साथीहरु एकजुट भएर लाग्नुहोला ।”
कार्यक्रममा सुनसरीका अग्रजनेता, लेखक, साहित्यकार गिरीराज आचार्यद्वारा लिखित “विपि कोइरालाका साहित्यिक विचारहरु” नामक पुस्तक पूर्व प्रधानमन्त्री देउवा, गृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री तथा पार्टीको केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की लगायतले विमोचन गर्नुभएको थियो ।
नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको संस्थापक तथा पार्टीको अग्रज नेता विपि कोइरालाको पुस्तक विमोचन गर्न पाउँदा एकदमै खुशी भएको सभापति देउवाले भने ।
उक्त पुस्तक आम पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने पूर्व प्रधानमन्त्री देउवाले बताए । यो पुस्तक कांग्रेसका लागि मात्र नभइ समग्र पार्टी तथा आम मानिसको लागि पनि प्रेरणाको स्रोत हुने गृहमन्त्री लेखकले धारणा राखे।
बीपीका साहित्यिक चिन्तनको पुस्तकमा विपिका असंख्य अन्तवार्ताहरूलाई समेटेर विषय छुट्याइ एकै ठाउँमा दिनु ठुलो मेहनत भएकाले पुस्तक धेरै काम लाग्ने र उपयोगी भएको उल्लेख गर्दै पूर्वमन्त्री तथा केन्द्रीय सदस्य कार्कीले थप सफलताका शुभकामना व्यक्त गरे ।
कार्यक्रममा मान्छे जीवित हुँदा नै पुरस्कार स्थापना गरिएको “गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार” वरिष्ठ पत्रकार हर्ष सुब्बा र पत्रकार विनय प्रधानलाई पूर्व प्रधानमन्त्री देउवा लगायतले सम्मानपत्र तथा पत्रकारिता पुरस्कारले सम्मान गरेको थिए ।
कार्यक्रममा नेपाली काङग्रेसको सहमामन्त्री भिस्म आङदाम्बे, पूर्वमन्त्री प्रकाशसरण महत, पूर्वमन्त्री तथा केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु डिला संग्रौला, राजिव कोईराला, राजिव ढुङ्गाना, लक्ष्मी खतिवडा, धरान उपमहानगरपालिकाको पूर्व नगर प्रमुख तिलक राई, बराहक्षेत्र नगरपालिकाको नगर प्रमुख रमेश कार्कीलगायत पार्टीको सबै नेताहरूको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...
पौष ७ गते, २०८२ - १४:१७
काठमाडौं। गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रक...
पौष ७ गते, २०८२ - १३:२७
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...
पौष ७ गते, २०८२ - १३:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...
पौष ७ गते, २०८२ - १३:०१
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...
पौष ७ गते, २०८२ - १२:५३
गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...
पौष ७ गते, २०८२ - ११:४१
विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...




प्रतिकृया लेख्नुहोस्: