Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

हाम्रो पार्टीमा विरोध गर्न पाईन्छ : सभापति देउबा

खबरडबली संवाददाता

धरान। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टीमा विरोध गर्न पाइने बताएको छन् ।

शुक्रबार धरानमा आयोजित नेपाली काङ्ग्रेस धरान उपमहानगर समितिको आयोजनामा गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा “गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार” वितरण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएको हो ।

“हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो, बोल्न र विरोध गर्न पाइन्छ” उनले भने, “हाम्रो पार्टी जिवन्त पार्टी हो, सबै साथीहरु एकजुट भएर लागे पार्टीले धरानलाई एकदमै राम्रो बनाउन सक्छ । धरानको खानेपानी समस्या पनि हटाउन सक्छ । सबै साथीहरु एकजुट भएर लाग्नुहोला ।” 

कार्यक्रममा सुनसरीका अग्रजनेता, लेखक, साहित्यकार गिरीराज आचार्यद्वारा लिखित “विपि कोइरालाका साहित्यिक विचारहरु” नामक पुस्तक पूर्व प्रधानमन्त्री देउवा, गृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री तथा पार्टीको केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की लगायतले विमोचन गर्नुभएको थियो ।

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको संस्थापक तथा पार्टीको अग्रज नेता विपि कोइरालाको पुस्तक विमोचन गर्न पाउँदा एकदमै खुशी भएको सभापति देउवाले भने । 

उक्त पुस्तक आम पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने पूर्व प्रधानमन्त्री देउवाले बताए । यो पुस्तक कांग्रेसका लागि मात्र नभइ समग्र पार्टी तथा आम मानिसको लागि पनि प्रेरणाको स्रोत हुने गृहमन्त्री लेखकले धारणा राखे।

बीपीका साहित्यिक चिन्तनको पुस्तकमा विपिका असंख्य अन्तवार्ताहरूलाई समेटेर विषय छुट्याइ एकै ठाउँमा दिनु ठुलो मेहनत भएकाले पुस्तक धेरै काम लाग्ने र उपयोगी भएको उल्लेख गर्दै पूर्वमन्त्री तथा केन्द्रीय सदस्य कार्कीले थप सफलताका शुभकामना व्यक्त गरे । 

कार्यक्रममा मान्छे जीवित हुँदा नै पुरस्कार स्थापना गरिएको “गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार” वरिष्ठ पत्रकार हर्ष सुब्बा र पत्रकार विनय प्रधानलाई पूर्व प्रधानमन्त्री देउवा लगायतले सम्मानपत्र तथा पत्रकारिता पुरस्कारले सम्मान गरेको थिए ।

कार्यक्रममा नेपाली काङग्रेसको सहमामन्त्री भिस्म आङदाम्बे, पूर्वमन्त्री प्रकाशसरण महत, पूर्वमन्त्री तथा केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु डिला संग्रौला, राजिव कोईराला, राजिव ढुङ्गाना, लक्ष्मी खतिवडा, धरान उपमहानगरपालिकाको पूर्व नगर प्रमुख तिलक राई, बराहक्षेत्र नगरपालिकाको नगर प्रमुख रमेश कार्कीलगायत पार्टीको सबै नेताहरूको सहभागिता रहेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...

पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...

आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...

नेपाललाई श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने

काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...

संविधान संशोधन बहसपत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद...

भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सरकारको नीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको न...

समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न एकीकृत सुरक्षण कोष स्थापना गरिने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। र...

आज साँझ एसईई नतिजा सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड स्रोतका...

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको छन् । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending