नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानी गाभरमा निर्माण गरिएको लायन्स गाभर पार्कमा आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । सो पार्कमा पिकनिक गर्न र पार्क अवलोकन गर्न पुग्नेहरूको सङ्ख्या पछिल्लो समयमा निकै बढेका छन् ।
सो पार्क निर्माण भएको छोटो समयमा नै धेरै आन्तरिक पर्यटक त्यहाँ पुगेको र त्यहाँ पिकनिक गर्न जानेहरूको दिनदिनै ठुलो भिड देखिने गरेको लायन्स क्लबका पूर्व डिष्टिक गभर्नर सेमराज शाक्यले बताए।
उनले लायन्स गाभरपार्कले स्थानीयको जीवन शैलीमा समेत परिवर्तन ल्याउन थालेको पनि बताए ।
लायन्स लोकल डेभलपमेन्ट कार्यक्रमअन्तर्गत २०७०–२०७१ देखि निर्माण सुरु गरिएको सो पार्क नेपालकै १०० औँ गन्तव्य भित्र पर्न सफल भएको छ । यसको सौन्दर्यीकरण तथा भौतिक पूर्वाधार निर्माण लायन्स क्लबले गराएको थियो ।
लायन्स गाभर पार्क निर्माण भएपछि गाभरमा होमस्टे समेतको व्यवस्था हुँदा स्थानीयले रोजगार प्राप्त गरी जीवन शैलीमै परिवर्तन भएको पार्क सञ्चालक समितिका सचिव तथा स्थानीय नारायण वलीले बताए ।
उहाँले पार्कमा वनभोज खान र प्रकृतिसँग रमाउने उद्देश्यले दैनिक सरदर जसो २०–२५ भन्दा बढी समूह विभिन्न जिल्लाबाट आउने गरेको बताए। सो पार्कलाई व्यवस्थित गर्नका लागि तारबार गर्न र भौतिक पूर्वाधारमा थप गर्न आफूहरू सक्रिय भएको पनि सचिव वलीले बताए ।
नेपालकै १०० औँ गन्तव्यमा पर्न सफल लायन्स गाभर पार्कमा वनभोज खाने र प्रकृतिसँग रमाउन पाइने भएको कारण आफूहरूको रोजाइको गन्तव्य भएको नेपालगन्ज ११ का जावेद राईले बताए। उनले पार्कको सौदर्यकरण र सरसफाइमा सधैँ यसरी नै ध्यान दिन आवश्यक रहेको कुरामा जोड दिए ।
सो पार्कमा घाँसे मैदान सफा गरी फूल तथा विभिन्न थरिका थप बिरुवा रोप्न आवश्यक रहेको राईको भनाइ छ । सो पार्कमा बाँकेलगायत बर्दिया, दाङ, सुर्खेतबाट पनि सर्वसाधारण आउने गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको सो पार्कमा लायन्स क्लबले विभिन्न संरचना थप गर्दै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...
पौष ८ गते, २०८२ - १४:२३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। राष्ट्रपतिले नेपाली कांग्रेस सभापति शेरबहादुर ...
पौष ८ गते, २०८२ - १४:०८
काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छन् । सर...
पौष ८ गते, २०८२ - १३:४७
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बसाउने भएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ ब...
पौष ८ गते, २०८२ - १३:४२
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली क...




प्रतिकृया लेख्नुहोस्: