धनगढी। लागुऔषध खैरो हेरोइनसहित कैलाली प्रहरीले सात जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो, जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले कैलालीको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुको साथबाट कुल ११ ग्राम ७३० मिलिग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका –४ भाटभटेनीनजिकबाट २७ वर्षीय रमेश भट्ट दुई ग्राम ४७० मिलिग्राम खैरो हेरोइनका साथ पक्राउ परेका छन् ।
यसैगरी, एक ग्राम ४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले धनगढी उपमहानगरपालिका –७ का १८ वर्षीय राजेश राना, २५ वर्षीय रामगोपाल रानालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका –१२ पानीघट्टनजिकबाट उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
जानकी गाउँपालिका –९ खैरीफाँटाका १९ वर्षीय सचिन रावललाई तीन ग्राम ९८० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ । यसैगरी, धनगढी उपमहानगरपालिका –४ का २८ वर्षीय गोपाल रामजाली मगरलाई प्रहरीले ५१० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको छ । यातायात कार्यालयनजिक शङ्का लागेर जेकचाँज गर्दा उनको साथबाट लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस्तै, धनगढी उपमहानगरपालिका –८ संगमटोलका २८ वर्षीय सुरेश चौधरीलाई एक ग्राम ८४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । पक्राउ परेका सबैमाथि अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका गणेश नाथले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८१ - १७:१९
हिले । धनकुटाका ६ वटा क्याम्पसमा तीन वटा विद्यार्थी सङ्गठनहरुले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन हुने सहमति गरेका छन् । सहमति अनुसार धनकुटा बहुमु...
फाल्गुन २८ गते, २०८१ - १७:०४
जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने निर्णय
फाल्गुन २८ गते, २०८१ - १६:५६
आर्ट नबुझ्नेहरु फिल्म सेन्सर गर्न बसेका छन् हाम्रो नेपालमा
फाल्गुन २८ गते, २०८१ - १६:५२
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरित हु...
फाल्गुन २८ गते, २०८१ - १५:५१
काठमाडौँ । नेपालले युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा तेस्रो हार बेहोरेको छ । बुधबार सम्पन्न नामिबियासँगको खेलमा नेपाल २३ ...
फाल्गुन २८ गते, २०८१ - १५:४०
काठमाडौँ । लगातार ७ दिनको गिरावटपछि सेयर बजार परिसूचक (नेप्से)आज बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १७.२८ अंकले घटेको हो । योसँगै बजार परिस...
फाल्गुन २८ गते, २०८१ - १५:२६
काठमाडौँ । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले सुदूरपश्च...
फाल्गुन २८ गते, २०८१ - १५:२२
काठमाडौँ । नेपाल बाहिर प्रदर्शन भइसकेको फिल्म ‘राजागंज’ लाई सेन्सर बोर्डले रोकेको छ । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई केन...
फाल्गुन २८ गते, २०८१ - १४:४६
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश तथा स्थानीय सरकारलाई दिन नसकिने बताएको छन । बुधबा...
फाल्गुन २८ गते, २०८१ - १४:३५
काटमाठौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएको छन । बुधबार ...
प्रतिकृया लेख्नुहोस्: