Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

भक्तपुरमा एक सय जनाको आँंखाको शल्यक्रिया गरियो

खबरडबली संवाददाता

भक्तपुर। नेपाल आँखा कार्यक्रम, ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग र महाभारत गाउँपालिकाको आयोजनामा मंसिर १७ गतेदेखि २२ गतेसम्म संचालन गरिएको मोतिबिन्दु छनौट तथा शल्यक्रिया शिविर सफलताका साथ सम्पन्न भएको छ ।

गाँउपालिकाका बिभिन्न वडाहरुमा मंसिर १७ गतेदेखि १९ गतेसम्म मोतिबिन्दु छनौट शिविर संचालन गरिएको थियो । शिविरबाट एक हजार तीन सय ६ जना बिरामीहरुले आबश्यक ओषधि सहित प्रत्यक्ष उपचार पाएका थिए भने एक सय ३५ जना मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरु छनौट गरिएको थियो ।

शिविरबाट छानिएका मोतिबिन्दु शाल्यक्रिया गर्नुपर्ने विरामीहरूको मंसिर २१ र २२ गते घर्तिछाप स्वास्थ्य चौकीमा शल्यक्रिया सम्पन्न भएको छ । एक सय ३५ जना मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरु छनौट गरिएकोमा जम्मा एक सय जनाको शल्यक्रिया गरिएको शिविरका संयोजक तथा ख्वप तिलगंगा आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले बताए ।

शिविर महाभारत गाउँपालिकाका संपूर्ण वडाहरुलाई पायक पर्ने गरी मोतिबिन्दु छनौट शिविर राखिएको थियो। शल्यक्रिया शिविरमा नेपाल आँखा कार्यक्रम, ख्वप तिलगंगा आँखा अस्पतालका बरिष्ठ नेत्र रोग बिशेषज्ञ तथा आँखा अस्पताका प्रमुख सुदीप राजभण्डारीको नेतृत्वमा सम्पन्न भएको हो ।

यसअघि ख्वप तिलगंगा आँखा अस्पतालले भक्तपुर तथा आसपासका जिल्लाहरुमा एकदिने मोतिबिन्दु छनौट शिविर राखिएता पनि शल्यक्रिया सहितको शिविर पहिलो पटक महाभारत गाँउपालिकामा गरिएको इन्चार्ज अधिकारीले बताए ।
शल्यक्रिया शिविरमा १३ बर्षको बालकदेखि १०० बर्षसम्मको बृद्वबृद्वाको शल्यक्रिया गरिएको थियो । शिविरमा एकै घरका बिगत ११ बर्षदेखि दुबै आँखाको ज्योती गुमाएका दिदी, भाइको पनि दुबै आँखाको सफल शल्यक्रिया गरिएको छ ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

सांसदहरूले अनुशासन उल्लंघन गरे 'राइट टु रिकल'कडाइका साथ लागू गरिने रवी लामिछानेको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्। ...

खोटाङमा हेलिकप्टर दुर्घटना अपडेट, दुई घाइतेलाई काठमाडौं ल्याइयो

खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२, खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पास्टर काजीबहादु...

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि  बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको  सरकार विरुद्...

कोरला नाकामा चिसो घटेपछि लयमा फर्कियो ब्यवसाय

मुस्ताङ। अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा गएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसा...

रास्वपा अभिमुखीकरणमा पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ललितपुरको ग्वार्कोस्थित अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्। रास्वपाले हि...

बागलुङमा जिप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपह...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: