Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

सिरियालीहरूले असदका पिताको मूर्ति ढाले र कुल्चे

खबरडबली संवाददाता

दमास्कस । मुलुकभरका सिरियालीहरूले आइतबार राष्ट्रपति बशर अल–असदका दिवङ्गत पिता हाफेजको मूर्तिलाई ढाले र कुल्चिए । हाफेजले आफ्नो छोराले विरासतमा पाएको क्रूर सरकारी प्रणालीको स्थापना गर्नुभएको थियो । 

राजधानी दमास्कसमा पूर्व राष्ट्रपति हाफेज अल–असदको टुटेको मूर्तिमा उभिएर मानिसहरूले हर्षोल्लास गरे । यो उनको कुलद्वारा पाँच दशकसम्म कठोर शासन गरेको देशका लागि अत्यन्त प्रतीकात्मक क्षण थियो । इस्लामिक नेतृत्वको विद्रोहीहरूले बशर अल–असद देश छाड्न बाध्य भएको घोषणा गरे । उनीहरूले उनको नियन्त्रणबाट एकपछि अर्को सहरलाई कब्जा गरे र दमास्कसमा उनीहरूको आगमनसँगै यो दृश्य आयो । पाँच दशकसम्म सत्तामा रहेपछि अधिकांश सिरियाली असद परिवार शासनमा नभएको समय सम्झन सक्दैनन्  । 

विद्रोहीहरूले दमास्कसको पतनको घोषणा गर्नुअघि नै देशका अन्य सहरहरूमा हाफिज अल–असदका मूर्तिहरू खसाइएका थिए । सिरियामा बाथ शासन अन्त्य भएको घोषणा
यी दृश्यले इराकमा सन् २००३ मा अमेरिकी सैन्य वाहनले पूर्व तानाशाह सद्दाम हुसेनको मूर्ति हटाएको देखिएका दृश्यहरूलाई सम्झना गराउँछन् । उक्त समयमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धन बगदादमा प्रवेश गर्दा बगदादका उत्साहित इराकीहरूले सहयोग गरेका थिए । 

दमास्कसको जारामाना उपत्यकामा प्रदर्शनकारीहरूले दिवङ्त सिरियाली नेताको मूर्ति खसाउँदा हर्षले ताली बजाउँदै नारा लगाएका थिए । यी दृश्य सामाजिक सञ्जालमा पोस्ट गरिएका र एएफपीद्वारा प्रमाणित गरिएका थिए । उत्तरी सिरियाको अलेप्पोमा तस्बिरहरूमा मानिसहरूले बशर अल–असदका भाइ बासेल र उनीहरूका एक बुबाको मूर्ति ढाल्दै गरेको देखाइएको छ । 

दक्षिणी सिरियाको दारामा सन् २०११ को विद्रोहको उद्गमस्थलमा एएफपीद्वारा प्रमाणित अनलाइन तस्बिरहरूमा एक विद्रोही लडाकूले मोटरबाइक चलाउँदै सडकमा हफेज अल–असदको खसेको मूर्तिलाई पछाडि तानिरहेको देखाइएको छ । ठूलो धातुको मूर्तिभित्र खोक्रो भएकाले तान्ने हदसम्म हल्का देखिन्थ्यो । बन्दरगाह सहर टार्टसमा प्रदर्शनकारीहरूले पूर्व राष्ट्रपतिको मूर्ति ध्वस्त पारेको स्थानीय बासिन्दा ओदे अल–खातिबले बताए । 

सदाका लागि स्वतन्त्रता

बशर अल–असदले सन् २००० मा आफ्ना पिताबाट सत्ता विरासतमा पाएपछि सिरियामा शासन गरे । सन् २०११ देखि उनले शान्तिपूर्ण विरोध प्रदर्शनबाट सुरु भएको लोकतान्त्रिक आन्दोलनमाथि दमन गरे । असद सरकारले गरेको विरोध प्रदर्शनको दमन शताब्दीको सबैभन्दा रक्तपातपूर्ण युद्धमा परिणत भयो । यसमा लाखौँ मानिस मारिए र लाखौँ विस्थापित भए । हाफेज अल–असदले सन् १९७० को विद्रोहमा सत्ता कब्जा गरे र पागल र क्रूर शासन स्थापना गरे । जसमा असहमतिको शङ्कामा कसैलाई पनि जेल वा मार्न सकिन्थ्यो । 

मृत्युको लामो समयसम्म उनको मूर्ति र छवि सिरियामा असद कुलको पकडको शक्तिशाली प्रतीक बनेको थियो । उनको तस्विर प्राय उनको छोराको साथमा देशभरका भित्ता, संस्था, कार्यालय र विद्यालयहरूमा टाँगिएको थियो । सेनाद्वारा सन् १९८२ मा भएको नरसंहार भएको स्थल हामा सहरमा यस हप्ताको सुरुमा विद्रोहीहरूले सहर कब्जा गर्दा असदको मूर्ति ढाल्दा हर्षोल्लास व्यक्त गरे । युवाहरूले  ‘सदाका लागि स्वतन्त्रता’ भन्दै विद्रोहीहरूले हामालाई कब्जा गरेको उत्सव मनाए । 

लड़ाकूहरूले एक व्यापक सडकमा बशर अल–असदको एक भित्ते चित्र भएको भवनको नजिकै मरुभूमिको धुलोले पूर्ण रूपमा रङ्गिएको देखिने वाहनहरूमा परेड गरे । रासस, एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending