रौतहट । रौतहटमा पछिल्लो एक बर्षको अवधिमा ५६५ वटा मानव अधिकार उलंघनको घटना भएको सार्वजनिक भएको छ । जिल्लामा २०८० पुस १७ देखि २०८१ पुस ३ गते सम्मको अबधिमा ५६५ मानव अधिकार उलंघनको घटना भएको मानव अधिकार क्षेत्रमा काम गर्ने संस्था इन्सेकले सार्बजनिक गरेको हो ।
नेपाल मानब अधिकार बर्ष पुस्तक २०२५ प्रकाशन पुर्व बार्षिक समिक्षा कार्यक्रममा आईतवार गरुडा नगरपालिकाको सभा हलमा रौतहट स्थित इन्सेककी प्रतिनिधी गौरी न्यौपानेले उक्त घटना बारे प्रतिबेदन सार्वजनिक गरेकी थिइन् ।
बाल अधिकार अन्तर्गत बलात्कार ,यौन दुर्ब्यबहार, महिला अधिकार अन्तर्गत बैबाहिक बलात्कार , बलात्कार र यौन दुर्ब्यबहारका घटनाहरु जातिय छुवाछूत , बोक्सिको आरोप, कुटपिट , अमानबिय ब्यबहार, गोलि प्रहार, परिवारजनबाट हत्या , अपहरण तथा शरीर बन्धक गरि बलात्कार घरेलु हिंसा आत्महत्या दुरुस्साहन पत्रकार माथि कुटपिट तथा दुर्ब्यबहार गरि कुल ५६५ घटनाहरु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
इन्सेक रौतहट र गरुडा नगरपालिकाको सहकार्यमा भएको समिक्षा कार्यक्रमका सहभागीहरुले हिंसाका यस्ता घटनाहरु न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम आबस्यक रहेको बताएका थिए ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले मानब अधिकार उलंघनका घटनाहरुको न्यूनीकरण गर्नको लागि सचेतनामुलक कार्यक्रम मात्र नभैइ मान्छेमा भएको सोच चिन्तन परिबर्तन हुनु पर्नेमा जोड दिएका थिए। गैर सरकारी संस्था आर डि सि नेपालका प्रतिनिधि सन्जु खड्काले हिंसाका घटना हरुको नियन्त्रणको लागि सम्बन्धीत निकायहरुले आ आफ्नो स्थानबाट सचेतनामुलक कार्यक्रम र सडक नाटक गर्न सकिने बताएकी थिइन्।इलाका प्रशासन कार्यालय गरुडाका प्रमुख रामसागर राय यादबले इन्सेकले प्रत्येक बर्ष प्रकाशन गर्ने बर्ष पुस्तकले घटना अभिलेखिकरणमा महत्त्वपूर्ण भुमिका खेलेको बताएका थिए ।
गरुडा नगरपालिकाकी उपमेयर पुनम चौधरीले नागरिकको राजनैतिक अधिकार सगै सामाजिक, सास्कृतिक र वातावरणिय अधिकारका बिषय बस्तुलाई पनि यस पुस्तकले महत्त्वपूर्ण स्थान दिनेमा विश्वस्त रहेको विचार राखेकी थिइन् ।
कार्यक्रममा रोयम नेपाल, गुजरा युवा क्लब, स्वास्थ प्रमुख, उद्योग बाणिज्य संघ र नागरिक समाज र सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १८:१६
काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...
बैशाख ३१ गते, २०८३ - १७:४२
वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...
बैशाख ३१ गते, २०८३ - १७:३५
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...
बैशाख ३१ गते, २०८३ - १७:२०
काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...
बैशाख ३१ गते, २०८३ - १७:१२
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...
बैशाख ३१ गते, २०८३ - १७:०४
नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...
बैशाख ३१ गते, २०८३ - १६:५१
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे...
बैशाख ३१ गते, २०८३ - १६:३९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्पष्ट मार्गचित्रविही...
बैशाख ३१ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...
बैशाख ३१ गते, २०८३ - १६:१०
काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...



प्रतिकृया लेख्नुहोस्: