बारा । बारा बरियारपुर स्थित लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बली प्रदान बिहानै देखि सुरु भएको छ।
भाकल पूरा भएर बोकाको बली चढाउन नेपालका साथै भारतको बिभिन्न स्थानबाट आज लाखौं मानिस गढीमाई मेलामा आउने क्रम जारी रहेको छन्।
बोका लिएर आउने मानिसको आज बिहानै देखि घुईचो लागेको छ। गढीमाई मेलाको चौतर्फी बाटो हुँदै बोका लिएर आउने हजारौँ मानिसको घुईचो देखिएको छ। तर ट्राफिक व्यवस्थापन फितलो भएको कारण बोका लिएर आउने मानिस कठिनाईका परिरहेको देखिएको छ।
पंचवर्षीय गढीमाई मेलामा बिगतको तुलनामा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त रहेको आयोजकको भनाई यथार्थमा बिपरित देखिन्छ। नेपालको मुख्य द्वार विरगन्ज कलैया हुँदै बघवन चौक सम्मको ट्राफिक व्यवस्थापन राम्रो देखिन्छ। तर बघवन गाउँ छेउ पसाहा नदीको पुल देखी मेलासम्मको ट्राफिक व्यवस्थापन फितलो रहेको छ।
जता ततै बाट गलत साईडमा आएको सैयौं मोटरसाईकल, टेम्पो, बस, जिप, ट्याक्टरले पसाहा पुल बिहानै देखी पुर्ण रुपमा अवरुद्ध भएको छ।
बिहान ७ बजेदेखी नै बोका लिएर सैयौं भक्तजन पुल माथी अलपत्र परेका छन्। कैयौं मानिस पुलको तल बाट पानी हुँदै बोका लिएर गढीमाई मन्दिर तर्फ बढेको देखिन्छ। आईतवार साँझ पसहा पुलमा झण्डै १ घन्टा पैदल मानिस हिंड्ने अवस्था थिएन।
त्यसैगरी आईतवार बेलुकी ६ बजे पछी मेलाको चौतर्फी ट्राफिक ब्यवस्था अलपत्र देखिएको थियो। पंचवर्षीय गढिमाई मेलाको अवसरमा मेला लागेको स्थान बरियारपुर देखी १५!२० किलोमिटर टाढा देखिनै सवारी साधनको अत्यधिक चाँप देखिएको छ।
बारा महागढीनाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गते देखि सुरु भएको छ। गढीमाई मेलाको मुख्य दिन हिजो आईतवार करीब १० हजार राँगाको बली प्रदान गरिएको मेला आयोजक समितिले जनाएको छ।
मन्दिरका मूल पुजारी मंगल चौधरी संग मिलेर बिशेष पूजा गरेपछि मूल तान्त्रिक रौतहट गुजरा नगरपालिका ३ सिमारी गाउँका उमाशंकर कछाडिया धामीले आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर देवीलाई चढाएपछि पशु बली सुरु भएको थियो। मूल तान्त्रिक ले आफ्नो सरीरबाट रगत निकालेर चढाउने विधिलाई नर बली भन्ने गरिन्छ।
समाजसेवी त्रिपाठीका अनुसार मेलामा बली प्रदान गरिएको बोकाको संख्या भने यकिन हुने अवस्था देखिएन। बघवनका समाजसेवी हरिनारायण त्रिपाठीले मेलाको पश्चिम बाट पसाहा नदीको पारी जता पनि बोकाको बली दिइन्छ।
त्यस्तै पूर्व , उत्तर दक्षिण तर्फ बाट बोका लिएर आउने भक्तजनले महा गढीमाई नगरपालिका भित्र कुनै पनि स्थानमा गढीमाईको नामले बली दिने ब्यवस्था गरिएको छ। तथापी पंचवर्षीय बिश्व प्रसिध्द गढीमाई मेलामा भाकल पूरा भएका लाखौं मानिस बोका ल्याएर बली दिएर जान्छन तर संख्या यकिन नहुने समाजसेवी त्रिपाठीले जानकारी दिएका छन्। तर पनि अनुमानको आधारमा ५० हजार भन्दा बढी बोकाको बली र एकलाखको हाराहारीमा गढीमाई मन्दिरमा परेवा उडाउने गरेको उनको भनाई रहेको छ।
विश्वमै पशु बलिको रुपमा प्रख्यात रहेको बरियारपुर गढीमाई मेलामा अहिले सम्म देश बिदेश बाट दर्शनार्थीहरु आउने क्रम जारी रहेको छ । यस बर्षको मेलामा करिब ३ करोड दर्शनार्थी मेलाको अवलोकन गर्ने मेला समितिले अनुमान गरेको छ ।
पुत्र लाभ, असाध्य रोग निको हुन, कुनै दुर्घटना हुँदा वा अचानक बिरामी पर्दा निको पार्न अभिभावकले गढिमाई मन्दिरमा परेवा उडाउने, बोका, राँगाको बली चढाउने भाखल गर्दछन्।
विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच बर्षमा लाग्ने गर्छ ।मंसिर १ गते देखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - २०:२२
कैलाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले आजबाट जिल्लाका दुई स्थानबाट क...
बैशाख १५ गते, २०८३ - १०:१३
काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्याउन...
बैशाख १५ गते, २०८३ - १०:१०
काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...
बैशाख १५ गते, २०८३ - १०:०९
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...
बैशाख १५ गते, २०८३ - १०:०५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...
बैशाख १५ गते, २०८३ - १०:०१
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...
बैशाख १५ गते, २०८३ - ०९:५७
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...
बैशाख १५ गते, २०८३ - ०९:५५
भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...
बैशाख १५ गते, २०८३ - ०९:५२
काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...
बैशाख १५ गते, २०८३ - ०९:४७
कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...


प्रतिकृया लेख्नुहोस्: