इटहरी। धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङलाइ कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मौन जुलुस निकालेका छन् ।
समाचारको बिषयलाइ लिएर पछिल्लो समय मेयर साम्पाङले पत्रकारहरूलाई धम्की दिएँ पछि आज धरानमा मौन जुलुस निकालिएको हो । मेयरका कारण पत्रकारहरू सुनसरीमा असुरक्षित रहेको भन्दै मौन उनीहरूले जुलस निकालेको जनाइएको छ ।
मेयर साम्पाङले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई र गोपाल दाहाललाई सार्बजनिक रूपमा धम्की मात्रै होइन, गृह मन्त्री रमेश लेखकलाइ पत्र लेखेर कारबाही गर्न पनि माग गरे पछि सुनसरीका पत्रकार आक्रोशित भएका हुन् ।
पत्रकार महासंघको नेतृत्वमा भानुचोकबाट निस्किएको जुलुस कलेज रोड, छाता चोक हुँदै धरान उपमहानगरपालिकाको मुख्य गटमा पुगेर साम्पाङका अराजक गतिविधि नियन्त्रण गर्न माग गरिएको थियो ।
समाचार लेखेकै कारण पटकपटक शृङ्खलावद्ध धम्की दिँदा समेत साम्पाङलाई कुनै कारवाही नभएको भन्दै पत्रकार महासंघ आन्दोलनमा उत्रनु परेको पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - १६:००
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकर...
पौष ३ गते, २०८१ - १५:४६
काठमाडौं। नेपाली यु १९ टोलीले हङकङ विरुद्ध २२६ रनले बिजयी भएकाे छ । एकदिवसीय अभ्यास शृंखला आफ्नो पक्षमा पारेको नेपालले फराकिलाे जीत हासिल गरेकाे छ...
पौष ३ गते, २०८१ - १५:३७
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकतामा ज...
पौष ३ गते, २०८१ - १५:३०
तुलसिपुर। पिकअप भ्यानको ठक्करबाट तुलसिपुरमा एक जना महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–५ निवासी ५० वर्षीया लिला भुसालको मृत्यु भएको हो । इलाका ...
पौष ३ गते, २०८१ - १४:५६
काठमाडौं। जनकपुर बोल्टसले सुदुरपश्चिमलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो इलिमिनेटरमा जनकपुरले सुदूरपश्...
पौष ३ गते, २०८१ - १४:५०
रौतहट । बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म राजश्व संकलन (अवैध सामान बरामद) गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै पुनः उत्कृष्ट ...
पौष ३ गते, २०८१ - १४:३६
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एकैपटक चार वटा उपसमिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा...
पौष ३ गते, २०८१ - १४:२४
काठमाडौं । नेपाल उद्योग प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत कटौती गर्नुपरेको स्पष्ट पारेको छन ...
पौष ३ गते, २०८१ - १४:०६
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन् । प्रध...
पौष ३ गते, २०८१ - १३:५६
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिएको छन । बुधबार ...
प्रतिकृया लेख्नुहोस्: