काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेको छन ।
भेटमा क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौती तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको जानकारी उपराष्ट्रपतिको सचिवालयले दिएको छ ।
उपराष्ट्रपति यादवले भने, ‘‘तत्कालीन होनहार संस्थापक नेताहरुले हामीलाई सुम्पिएको जिम्मेवारी सजगता र सक्रियताका साथ निर्वाह गर्दै भावी पुस्तालाई शान्त र समृद्ध सार्क क्षेत्र हस्तान्तरण गर्न सक्नुपर्दछ ।’’
उपराष्ट्रपति यादवले सार्कका महत्वपूर्ण संयन्त्रहरूका बैठक नियमित आयोजना र १९ औं शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषयको ठूलो महत्व रहेको उल्लेख गर्दै सार्कका संस्थागत निर्णयहरू कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेको बताए ।
‘लोकतान्त्रिक प्रणाली, सुशासन र मानव अधिकार प्रवर्द्धनका लागि सदस्य राष्ट्रहरूबीचको साझा प्रतिबद्धता अत्यावश्यक छ’ उनले भने, ‘म सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्ने आवश्यकतामा जोड दिन चाहन्छु ।’
उपराष्ट्रपति यादवले सार्क क्षेत्रका अपार सम्भावनाहरू (स्रोतहरूको उपयोग, जनसांख्यिकीय लाभ, सांस्कृतिक धरोहर) लाई अधिकतम उपयोग गरी क्षेत्रीय समृद्धि सुनिश्चित गर्नुपर्ने बताए। ‘क्षेत्रीय सहकार्यलाई जोड दिँदै जलवायु परिवर्तन, महामारीको प्रभाव, आर्थिक सुस्तता र अफगानिस्तानको अनिश्चित भविष्य लगायतका जटिल राजनीतिक परिस्थितिका चुनौतीहरूलाई सामूहिक रूपमा समाधान गर्नुपर्ने आवश्यकता छ’ उनले भने ।
सार्कका महासचिव सरवरले आगामी ‘सार्क चार्टर डे’ को लागि सबै सदस्य राष्ट्रहरुको शुभकामना प्राप्त गरेको उल्लेख गर्दै सार्क मुलुकहरुका विभिन्न चुनौती मिलेर सामना गर्नुपर्ने बताए । उनले भने, ‘‘सार्क राष्ट्रहरु सम्पन्न हुन साझा प्रयास जरुरी छ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १८:१६
काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...
बैशाख ३१ गते, २०८३ - १७:४२
वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...
बैशाख ३१ गते, २०८३ - १७:३५
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...
बैशाख ३१ गते, २०८३ - १७:२०
काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...
बैशाख ३१ गते, २०८३ - १७:१२
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...
बैशाख ३१ गते, २०८३ - १७:०४
नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...
बैशाख ३१ गते, २०८३ - १६:५१
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे...
बैशाख ३१ गते, २०८३ - १६:३९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्पष्ट मार्गचित्रविही...
बैशाख ३१ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...
बैशाख ३१ गते, २०८३ - १६:१०
काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...



प्रतिकृया लेख्नुहोस्: