ओस्लो । जापानको आणविक बमबाट पीडित समूह निहोन हिडान्क्योले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट उत्पन्न खतरा नबुझेको बताएको छ । सोमबार सो समूहले रुसी राष्ट्रपतिले अणविक हतियारबाट उत्पन्न हुने खतरा नबुझेको बताएको हो ।
“राष्ट्रपति पुटिन, मलाई लाग्दैन कि उहाँले मानवका लागि आणविक हतियार के हो भनेर साँच्चै बुझ्नुभएको छ”, निहोन हिडान्क्योका ९२ वर्षीय सह–अध्यक्ष तथा नागासाकीमा सन् १९४५ को आणविक बम विस्फोटबाट बचेका तानाकाले भने, “आणविक हतियारहरू त्यस्ता चीज हुन् जसलाई कहिल्यै प्रयोग गर्नु हुँदैन, परमाणु हतियारको प्रयोग...मानवताको विरुद्धमा हुनेछ ।”
ओस्लोमा एक औपचारिक समारोहमा निहोन हिडान्क्योलाई सन् २०२४ को नोबेल शान्ति पुरस्कार प्रदान गर्नुभन्दा एक दिनअघि ओस्लोमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तानाकाले यस्तो बताएका हुन् ।
सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि पुटिनले आणविक धम्की जारी गर्न थाले र नोभेम्बरको अन्त्यमा आणविक हतियार प्रयोग गर्ने सीमा कम गर्ने आदेशमा हस्ताक्षर गरेका थिए ।
आधारभूत आणविक विरोधी सङ्गठन निहोन हिडान्क्यो सन् १९५६ मा स्थापना गरिएको थियो र परमाणु बमबाट बचेका व्यक्तिहरूको एक मात्र राष्ट्रव्यापी सङ्गठन हो । यसलाई हिबकुसा भनिन्छ । सन् १९४५ अगस्ट ६ मा संयुक्त राज्य अमेरिकाले जापानी सहर हिरोशिमामा आणविक बम विस्फोट गर्दा करिब एक लाख ४० हजार मानिस मारिएका थिए ।
तीन दिनपछि नागासाकीमा अर्को अमेरिकी आणविक बम विस्फोट हुँदा थप ७४ हजार मानिसको मृत्यु भएको थियो। बचेका व्यक्तिहरूले विकिरण रोग र क्यान्सरको उच्च जोखिम लगायत दीर्घकालीन असरहरू भोगेका थिए ।
यी विस्फोटहरू इतिहासमा आणविक हतियार प्रयोग गरिएको एकमात्र घटना थियो । नर्वे नोबेल समितिले निहोन हिडान्क्योलाई ‘आणविक हतियारहरूबाट मुक्त संसार प्राप्त गर्ने प्रयासका लागि र साक्षी प्रमाणमार्फत आणविक हतियारहरू पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकोमा’ सम्मानित गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - ०९:१५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ। ...
पौष १७ गते, २०८२ - ०९:०१
सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...
पौष १७ गते, २०८२ - ०८:१४
काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...
पौष १७ गते, २०८२ - ०८:१०
काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...
पौष १७ गते, २०८२ - ०८:०५
काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...
पौष १७ गते, २०८२ - ०८:०१
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...
पौष १७ गते, २०८२ - ०७:५२
सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...
पौष १७ गते, २०८२ - ०७:४९
बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...
पौष १७ गते, २०८२ - ०७:४५
भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...




प्रतिकृया लेख्नुहोस्: