भैरहवा । रुपन्देहीको भैरहवामा जारी ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा मंगलबार भएका दुई खेलमा न्यु होराइजन इङ्गलिस बोर्डिङ स्कूल र देवदह बुद्ध हाई स्कूल विजयी भएका छन् । न्यु होराइजनले एभरेष्ट इङ्गलिस बोर्डिङ स्कूललाई ९ विकेट र देवदह बुद्धले बुद्धज्योति हाई स्कूललाई ७ विकेले पराजित गर्दै जित निकालेका हुन् ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको एभरेष्टले मौसमका कारण १७ ओभरमा छोट्याइएको खेलमा ८ विकेटको क्षतिमा जम्मा ५९ रन बनायो । उसका लागि सुशांक घिमिरे र अनमोल पुनले समान १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न न्यु होराइजनका सुप्रिम कँडेल र निरज घिमिरेले ३–३ तथा अनिष भट्टराई र राहुल नाउले समान १–१ विकेट लिए ।
६० रनको सामान्य लक्ष्य पछ्याएको न्यु होराइजनले ७ ओभर २ बलमा १ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्दै सहजै जित दर्ज गर्यो । उसको जितमा राहुल नाउले अविजित ४४ र अनुप न्यौपानेले नटआउट १२ रनको योगदान दिए । बलिङमा एभरेष्टका रोजन रेग्मीले १ विकेट लिए । खेलमा सुप्रिम कँडेल प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बुद्धज्योतिले १५ ओभर ४ बलमा सबै विकेट गुमाएर ८० रन बनायो । उसका लागि मनोज यादवले २२ र हम्जा खानले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन समेत बनाउन सकेनन् । बलिङमा देवदह बुद्धका कृष केसीले ४ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए । यस्तै, रोहित कुँवरले ३ तथा रोहन कुँवरले २ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको देवदह बुद्धले १० ओभरमा ३ विकेटको नोक्सानीमा ८१ रन बनाउँदै सहज जित निकाल्यो । उसको जितमा विनय कार्कीले ३२, आयुष पाण्डेले अविजित १४ र कृष केसीले नटआउट ११ रन बनाए । बलिङमा बुद्धज्योतिका अभिषेक पाण्डे, आदित्य थापा र निश्चल शर्माले समान १–१ विकेट लिए । कृष केसी प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । पुस २ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ९ गते, २०८२ - ११:२१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
फाल्गुन ९ गते, २०८२ - १०:३५
डडेलधुरा । प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार तीव्र भइरहेका बेला डडेलधुरामा शनिबार बिहान फरक दृश्य देखियो। आलोचना र आरोप–प्रत्यारोपबीच चुनावी माहोल ...
फाल्गुन ९ गते, २०८२ - १०:३०
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने आम निर्व...
फाल्गुन ९ गते, २०८२ - १०:२५
दाङ । निर्वाचन नजिकिँदै गर्दा दाङको तुलसीपुरमा भएको झण्डा दहन घटनाले राजनीतिक माहोल थप तातिएको छ। बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...
फाल्गुन ९ गते, २०८२ - १०:१६
बैतडी । बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४, बबेतका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जना...
फाल्गुन ९ गते, २०८२ - ०८:२८
राजविराज । सप्तरीको खडक नगरपालिका बाट अपहृत ७ बर्षीय बालिकालाई प्रहरीले दुई दिनपछि सकुशल उद्दार गरेको छ । उक्त पालिकाको वडा नम्बर ८ विसनपुर टोलका इमरा...
फाल्गुन ९ गते, २०८२ - ०८:२७
सुदूरपश्चिम । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका त...
फाल्गुन ९ गते, २०८२ - ०८:२६
भोजपुर । पूर्वी नेपालको पहाडी काखमा फैलिएको मुन्दुम पदमार्ग अहिले साहसिक र प्राकृतिक पर्यटनको उदीयमान गन्तव्य बन्दै गएको छ। जहाँ एकै यात्रामा अग्ला डा...
फाल्गुन ९ गते, २०८२ - ०७:४६
काठमाडौं । चुनावी मौसममा घरदैलो सामान्य दृश्य हो। तर काठमाडौं–५ मा शुक्रबार बिहान देखिएको दृश्य अलि फरक थियो। यहाँ मत माग्ने भाषाभन्दा बढी “विश्वास” र...
फाल्गुन ९ गते, २०८२ - ०७:३४
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भू...



प्रतिकृया लेख्नुहोस्: