Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

काठमाडौं–५: ‘भोट होइन, मौका’को राजनीतिमा प्रदीप पौडेल

खबरडबली संवाददाता

काठमाडौं । चुनावी मौसममा घरदैलो सामान्य दृश्य हो। तर काठमाडौं–५ मा शुक्रबार बिहान देखिएको दृश्य अलि फरक थियो। यहाँ मत माग्ने भाषाभन्दा बढी “विश्वास” र “अन्तिम मौका” का शब्द सुनिन्थे।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल यसपटक पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। पार्टी सभापति गगन कुमार थापा ले उनलाई ‘जिम्मेवार विद्रोही’ भनेका छन्। पौडेल स्वयं आफ्नो उम्मेदवारीलाई परम्परागत चुनावी प्रतिस्पर्धाभन्दा अघि बढाएर राजनीतिक संस्कार सुधार र नीतिगत परिवर्तनको अभियानका रूपमा प्रस्तुत गरिरहेका छन्।

२०७९ मा ईश्वर पोखरेल लाई पराजित गर्दै संसद् प्रवेश गरेका पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वसमेत सम्हालेका थिए। त्यसयता उनी क्षेत्रीय विकास र नीतिगत बहस दुवैमा सक्रिय देखिँदै आएका छन्। तर मतदाताको प्रश्न उस्तै छ—“अब के फरक गर्नुहुन्छरु”

बिहानको घरदैलो, दिउँसोको सन्देश

टोखा–६ को धापासी क्षेत्रमा बिहान सवा ८ बजे सुरु भएको घरदैलो सामान्य कार्यक्रमजस्तो देखिए पनि त्यहाँको माहोलले चुनावको मनोविज्ञान प्रस्ट पार्थ्यो। गेटमा उभिएका स्थानीय, बार्दलीबाट हात हल्लाउने वृद्धवृद्धा, र मोबाइल क्यामेरा लिएर नजिकिने युवा—सबैको अभिव्यक्ति एउटै जस्तो लाग्थ्यो स् हामी हेरिरहेका छौं।

स्थानीय संगठन बलियो भएको क्षेत्र भएकाले कांग्रेसको उपस्थिती बाक्लो थियो। तर त्यो भीडभाडभन्दा बढी चासोको विषय थियो—युवाको सक्रियता।

हामी भोट होइन, मौका दिन्छौं”

२२ वर्षीय एक युवाले स्पष्ट शब्दमा भने, “हामीले दिने भोट होइन, चान्स हो।” उनको संकेत स्पष्ट थियो—राजनीतिमा पुस्तान्तरण र व्यवहार परिवर्तन देखिएन भने अर्को विद्रोह सम्भव छ।

भदौ २३–२४ को जेनजी आन्दोलनले राजधानीको राजनीतिक वातावरण हल्लाएको थियो। त्यतिबेला स्वास्थ्य मन्त्री रहेका पौडेलप्रति केहीको सहानुभूति, केहीको आलोचना थियो। अहिले त्यही पुस्ता उनलाई फेरि अवसर दिन तयार देखिए पनि सर्तसहित। “काम भएन भने जेनजी २ आउँछ,” ती युवाको चेतावनी थियो।

वृद्धवृद्धाको आशा

७० कटेका मतदाताको अपेक्षा भने सरल छ—स्थिरता र सुरक्षा। ७३ वर्षीया एक वृद्धाले फूलमाला लगाउँदै भनिन्, “राम्रो मान्छे जितोस्, हामी वृद्धवृद्धाको रक्षा होस्।”

उनका शब्दमा राजनीतिक नारा थिएनन्, जीवनको अनुभव थियो।

प्रतिस्पर्धाको समीकरण

काठमाडौं–५ मा प्रतिस्पर्धा चर्को छ। पुनः मैदानमा रहेका ईश्वर पोखरेल यस क्षेत्रका परिचित अनुहार हुन्। कमल थापा ले पनि उम्मेदवारी दिएका छन्। 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका उम्मेदवार चुनावी मैदानमा छन्। अघिल्लो निर्वाचनमा पौडेलले करिब पाँच हजार मतान्तरले जित निकालेका थिए। तर यो पटकको चुनाव केवल अंकगणितको हिसाब होइन, मनोविज्ञानको लडाइँ पनि हो।

परीक्षणको घडी

काठमाडौं–५ मा प्रदीप पौडेलको चुनावी अभियानले एउटा सन्देश दिएको छ ।राजनीति अब नारा र वाचा मात्रले टिक्दैन। युवाले “अन्तिम मौका” भन्दै सर्त राखेका छन्, वृद्धवृद्धाले स्थिरताको अपेक्षा गरेका छन्, र प्रतिस्पर्धीहरूले पुरानो प्रभाव कायम राख्न खोजिरहेका छन्।

यो चुनावमा मतदाताले निरन्तरता रोज्छन् कि विकल्प  ?  काठमाडौं–५ को परिणामले सायद एउटा क्षेत्रमा मात्रै होइन, पुस्तान्तरणको बहसमा पनि सन्देश दिनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending