Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

स्काउटको जग्गा हडपेर व्यवसाय गरेका मन्त्री खड्काको शक्तिसामु संसद्समेत लाचार

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले वर्षौँदेखि लैनचौरको जग्गा कौडीको भाउमा भोगचलन गरेर पनि नतिरेको करोडौँ बक्यौता दिलाइदिन तथा घरजग्गा खाली गराइदिन माग गर्दै नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले तीन संसदीय समितिमा दिएको उजुरी एक वर्षसम्म गोप्य राखिएको सार्वजनिक भएको छ । 

स्काउटले राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिमा ११ पुस ०८० मै उजुरी दिएको थियो । तर, शक्तिसामु लाचार भएर समितिहरूले दराजमा ‘कैद’ गरेको उजुरीबारे सार्वजनिक सवाल उठेपछि मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिले सांसदहरूलाई उजुरी बाँडेको छ । अन्य दुई समितिमा भने अझै गुपचुप नै छ ।

स्काउट स्रोतका अनुसार मन्त्री खड्का मुख्य सञ्चालक रहेको खड्काल्यान्डले जग्गा र व्यावसायिक भवनसहितको करिब साढे पाँच करोड बक्यौता तिर्न बाँकी छ । ०६५ देखि स्काउटको तीन रोपनी जग्गा भाडामा लिएकोमा आसपासको करिब १२ रोपनी कब्जा गरेको खड्काल्यान्डले ०७३ देखि स्काउटकै दुई व्यावसायिक भवन पनि भाडामा लिएर पार्टी प्यालेस र रेस्टुराँ चलाएको थियो । तर, भाडा नतिरेपछि र जग्गा खाली गर्न पनि नमानेपछि स्काउटले दायर गरेको मुद्दामा उच्च अदालतले ०७९ असारमै ‘जग्गा खाली गर्न’ आदेश दिएको थियो । 

अदालतको आदेश पनि नमानेपछि ११ पुस ०८० मा एकैदिन स्काउटले ‘उच्च अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक सहयोग गरिदिन’ भन्दै गृहमन्त्री, खेलकुदमन्त्री, काठमाडौं महानगरका मेयर मात्रै होइन, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सबै दलका संसदीय दलको कार्यालय र तीन संसदीय समितिलाई एउटै व्यहोराको पत्र (उजुरी) पठाएको थियो । तर, सत्ता र शक्तिको बलमा भएका बेथितिविरुद्ध परेका उजुरीमा छलफल गराउने र सकारलाई जवाफदेही बनाउने भूमिकामा रहेका संसदीय समितिहरू नै सत्ता र शक्तिसामु लाचार बने ।

राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा माओवादी सांसद दुर्गा राईले स्काउटको उजुरी एक वर्षदेखि किन गुपचुप राखियो भनेर प्रश्न उठाएकी थिइन् । आफ्नो दल (कांग्रेस)को व्यक्ति परेको भन्दै उजुरी नलुकाउन समिति सभापति रामहरि खतिवडालाई चेतावनी दिएकी थिइन् । 

‘१० महिनाअघि नै नेपाल स्काउटले समितिमा निवेदन दिइसक्यो कि ऊर्जामन्त्री दीपक खड्काको कम्पनीले तिनुपर्ने करोडौँ पैसा तिरेन । तर, हामीलाई नै थाहा छैन । यसमा कञ्जुस्याइँ किन गरियो ? हामीले बाहिर मिडियाबाट सूचना पाउनुपर्ने अवस्था कसरी आयो ? किन यस्तो भयो ? अबदेखि यस्तो दोहोरियो भने राम्रो हुँदैन । बाहिर अरूले हामीलाई सोधे के जवाफ दिने ? ऊर्जामन्त्रीको ठूलो फोटोसहित आएको छ । दल हेर्नुपर्ने हो कि, व्यक्ति हेर्नुपर्ने हो कि, के हो ? यसमा मेरो असहमति छ । यस्तो हुनुहुँदैन,’ राईले आपत्ति जनाएकी थिइन् । 

राईले समिति सदस्यहरूलाई उजुरी बाँडेर छलफल चलाउन माग गरेकी थिइन् । ‘०७५ सालको कुरा हो । पाँच करोड तिरेको छैन । के गर्ने हो, छलफल त गर्नुपर्‍यो, यो हाम्रो अधिकारको कुरा हो नि । समितिमा बसेर यहाँ आएर हाजिर गरेर जाने होइन नि । समितिमा आएका समस्यामा छलफल गर्न पाउनुपर्छ । निर्णय के गर्ने भन्ने कुरा पछि होला,’ उनले भनेकी थिइन् । 

राईको मागपछि सभापति खड्का उजुरीमा छलफल चलाउने प्रतिबद्धता जनाउन बाध्य भएका थिए । लगत्तै उनले भनेका थिए, ‘समिति कुनै पार्टीको होइन । एकताबद्ध भएर काम गर्छौँ । अब उजुरी हेर्न उपसमिति गठन गरेर अगाडि बढ्छौँ ।’

मंगलबार समिति सदस्यहरूलाई उजुरीपत्र वितरण गरेपछि भने सभापति खतिवडाले नभ्याएका कारण स्काउटको विषय छलफलमा ढिलाइ भएको दाबी गरे । 

‘सत्तापक्षको भएकाले नहेरेको भन्ने होइन । अन्य विषय पनि हेर्नुपरेको र धेरै बैठकसमेत बस्न नपाएकाले ढिलाइ भएको हो,’ उनले भने, ‘समितिमा तेरो–मेरो पार्टी भन्ने हुँदैन । नभ्याएरै ढिलाइ भएको हो ।’ थप विवरण उपलब्ध गराउन स्काउटलाई समेत पत्राचार गरिएको सभापति खतिवडाले बताए । 

‘के–कसो भएको हो, सम्बन्धित सबै विवरण उपलब्ध गराउन भनेका छौँ,’ उनले भने, ‘प्राप्त भइसकेपछि छलफल अगाडि बढाउँछौँ ।’ उनले १४ माघ ०८० मै उजुरी दर्ता भने गरेका थिए ।

समितिका अन्य सदस्यले पनि स्काउटको उजुरीबारे विगतमा थाहा नपाएको र मंगलबार उक्त विवरण प्राप्त गरेको बताएका छन् । कांग्रेसका हृदयराम थानीले भने, ‘स्काउटको उजुरीका सम्बन्धमा आइतबार समितिमा विषय उठ्नुअघि थाहा थिएन । छलफलको विषय पनि बनाइएको थिएन,’ उनले भने, ‘अब उजुरी प्राप्त भएको छ । सभापतिजीले छलफलको सूचीमा राख्नुहोला ।’ 

स्काउटका प्रशासकीय अधिकृत सन्तोष चौहानले दिएको उजुरी निवेदनमा ‘बाँकी बक्यौता रकम चुक्ता गर्न र स्थान खाली गर्न गराउन समितिमा छलफल चलाई नेपाल सरकारलाई आवश्यक निर्देशन दिई सम्मानित अदालतको फैसलाको कार्यान्वयन गर्ने वातावरणको सुनिश्चितताका लागि आवश्यक सहयोग गरिदिन’ अनुरोध गरिएको छ । 

अर्का सदस्य एमालेका रघुजी पन्तले पनि विगतमा स्काउटको उजुरी परेको विषयमा थाहा नपाएको र बैठकमा छलफल पनि नभएको बताए । आइतबारको बैठकमा सदस्य राईले कुरा उठाएपछि मंगलबार उजुरी हात परेको पनि उनको भनाइ छ । ‘यसअघि स्काउटले समितिमा उजुरी दिएको विषय थाहा थिएन, बैठकमा छलफल पनि भएको थिएन । सदस्य दुर्गा राईले कुरा उठाएपछि थाहा भयो,’ उनले भने, ‘मंगलबार उक्त उजुरी हात परेको छ, तर पढ्न भ्याएको छैन । उजुरीबारे अब समितिमा छलफल हुनुपर्छ ।’

समिति सदस्य माओवादीका हितराज पाण्डेले समितिमा आएको एक वर्षसम्म पनि त्यति महŒवपूर्ण विषयमा सदस्यहरूलाई नै थाहा नदिनु गम्भीर विषय भएको बताए । उनले यो सत्ता र शक्तिमा रहेकाहरूले गल्ती गर्दा पनि संरक्षण कसरी हुन्छ भन्ने एक उदाहरण भएको दाबी गरे । ‘यति महŒवपूर्ण उजुरीलाई अहिलेसम्म गुपचुप राख्नु निकै संवेदनशील विषय हो । हाम्रो माननीयले बैठकमा विषय उठाएपछि मंगलबार उजुरी हात परेको छ,’ उनले भने, ‘सरकार र सत्तापक्षमा बसेकालाई गलत गर्दा पनि केही नगर्ने एक ज्वलन्त उदाहरण सार्वजनिक भएको छ ।’ 

रास्वपाकी चन्दा कार्की भण्डारीले पनि समितिमा आएको उजुरी एक वर्षपछि पत्रिका पढेर थाहा पाउनुपर्ने अवस्था चिन्ताजनक भएको बताइन् । यति लामो समयसम्म किन छलफलमा ल्याइएन भनेर सभापति खतिवडालाई प्रश्न गर्ने उनको भनाइ छ । 

राप्रपाका बुद्धिमान तामाङले भने उजुरी आएको भन्ने आफूले पहिल्यै जानकारी पाएको बताए । ‘स्काउटको उजुरी समितिमा आएको थाहा पाएरै मैले तत्कालीन गृहमन्त्री रविजीलाई सोधेको पनि हो । हामीले ताला लगाइसकेका छौँ भन्ने उहाँको जवाफ थियो । त्यसपछि थप केही भएन । अहिले फेरि समितिमा प्रवेश गरेको छ, फेरि सल्लाह गर्छाैँ,’ उनले भने । 

ऊर्जामन्त्री खड्काको कम्पनीले तिरेन स्काउटको जग्गा र संरचना प्रयोग गरेको साढे पाँच करोड भाडा 

नेपाल स्काउटको लैनचौरस्थित मूल्यवान जग्गा र संरचना वर्षौँदेखि कौडीको मूल्यमा भाडामा लिएको ऊर्जामन्त्री दीपक खड्काको कम्पनीले करिब साढे पाँच करोड रुपैयाँ बक्यौता अझै तिरेको छैन । सम्झौताभन्दा बढी जग्गा कब्जा गरेर व्यापारिक गतिविधि गर्दै आएको खड्काको कम्पनी खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले बक्यौता तिर्न आनाकानी गर्दै आएको छ । मन्त्री खड्काले सत्ता र शक्तिको बलमा बक्यौता तिर्न अटेर गर्दै आएका छन् । 

खड्का मुख्य सञ्चालक रहेको खड्काल्यान्डले ०६५ देखि स्काउटको तीन रोपनी जग्गा भाडामा लिएको थियो । तर, आसपासको करिब १२ रोपनीसमेत कब्जा गर्‍यो । ०७५ मा सम्झौताको अवधि सकिए पनि जिल्ला अदालतबाट आदेश लिएर कम्पनीले जग्गा छाडेन । त्यसविरुद्ध स्काउट उच्च अदालत गएपछि उच्चले ०७९ असारमा जिल्लाको फैसला बदर गर्दै जग्गा खाली गर्न खड्काल्यान्डलाई आदेश गर्‍यो । तर, जग्गा खाली नगरी खड्काल्यान्डले निर्वाध उपभोग गर्‍यो । स्काउटकै दुई व्यावसायिक भवन पनि खड्काल्यान्डले ०७३ देखि भाडामा लिएको थियो । 

‘जग्गा र व्यावसायिक भवनसहित अहिले खड्काल्यान्डको नाममा साढे पाँच करोड रुपैयाँ बक्यौता छ,’ स्काउट स्रोतले भन्यो, ‘स्काउटले पटक–पटक आग्रह गर्दा पनि बक्यौता बुझाएको छैन । गत दसैँयता भने खड्काल्यान्डले बक्यौताबापतको ७५ लाख स्काउटको खातामा हालेको छ । बाँकी रकममा भने छुट सुविधा मागिरहेको स्काउट स्रोतले बतायो । 

त्यसो त वर्षौँदेखिको भाडा नपाएको स्काउटले खड्काल्यान्ड प्रालिसँग गत असारमै सबैखाले सम्झौता तोडिसकेको छ । तर, भाडाको लफडाकै कारण नयाँ ठेक्का प्रक्रिया पनि अगाडि बढाउन सकेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैंकमा नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, पुरानो खाता के हुन्छ ?

सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य गर्दै लैजाने कानुनी व्यवस्था

नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु

टीकापुर । कैलालीमा नेपाल भारत सीमामा रहेका सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । बिहीबार कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको उ...

रवि लामिछानेविरुद्ध आज रुपन्देहीमा पुरक अभियोजन दर्ताको तयारी

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी सस्थाको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको छ। हिज...

कालीमाटीमा गोलभेँडा, स्कुस र ब्रोकाउलीको मूल्य बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको ...

अनिर्णित वामदेव- एमालेमा जाने कि एकीकृत समाजवादीमा ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम कुन पार्टीमा प्रवेश गर्ने भन्ने’मा दोधारमा छन् । पार्टी प्रवेशका ल...

काठमाडौंबाट जनकपुर जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ घाइते

काठमाडौं । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएक...

ललितपुरमा यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्...

उर्जामन्त्री दिपक खड्कामाथि मन्त्रालयमै हातपात

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कामाथि हातपात छ। मन्त्री खड्कामाथि केहि दिनअघि सिंहदरबार स्थित उर्जा मन्त्रालयमै आक्रमणको प्रयास ...

सरकारमाथि दबाब बढाउँदै विपक्षी दल, आज बैठक बसेर संयुक्त वक्तव्य जारीको तयारी

काठमाडौं । विपक्षी दलको बैठक आज पनि बस्दैछ। आज दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम...

न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती

मनाङ । गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । तर, प्रदेशक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy