बैंगलोर। एक जना एआई इन्जिनियरले अनौठो कारणले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।
खासमा ३४ वर्षीय अतुल सुभाषले आफ्नी श्रीमती र सासुले पैसाको लागि दुव्र्यवहार गरेको आरोप लगाउँदै आत्महत्या गरेका हुन् ।
गत डिसेम्बर ९ मा उनले १ घन्टा २० मिनेटको भिडियो र २४ पृष्ठको पत्र लेखेर सो आत्महत्या गरेको थाहा हुन आएको छ, जसमा उनले आत्महत्या बाहेक अरू कुनै विकल्प आफुँसँग बाँकी नरहेको उल्लेख गरेका छन् ।
सो क्रममा अतुलले उत्तर प्रदेशको जौनपुरका एक न्यायाधीशमाथि पनि गम्भीर आरोप लगाएका छन् । उनले आफ्नो चिठ्ठीमा मुद्दा सुल्झाउने नाममा न्यायाधीशले ५ लाख घुस मागेको उल्लेख गरेका छन । अतुलले आफ्नी श्रीमती, सासु र जौनपुरका न्यायाधीशले आत्महत्या गर्न भनेका पनि पत्रमा लेखेको भेटिएको छ
भारतीय सञ्चारमाध्यमका अनुसार मूल रूपमा बिहारका अतुल सुभाषको शव बेंगलुरुको मन्जुनाथ ले आउटमा रहेको उनको फ्ल्याटबाट भेटिएको थियो। छिमेकीले घरको ढोका तोड्दा उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । कोठामा ‘जस्टिस इज ड्यु’ लेखिएको प्ले कार्ड भेटिएको थियो ।
अहिले अतुलका परिवारको उजुरीका आधारमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको छ ।
आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा अतुलले पूरै घटनाको विस्तृत विवरण दिएका छन् । उनले म्याट्रिमोनी साइट मार्फत म्याच भेटेपछि २०१९ मा हालकी श्रीमतीसँग विवाह गरेको बताए । अर्को वर्ष तिनीहरूको एक छोरा भयो। आफ्नी श्रीमती र श्रीमतीको परिवारले जहिले पनि आफूसँग पैसाको माग राख्थे, जुन पूरा पनि गर्ने गरेको उनले बताए ।
उनले आफ्नी श्रीमतीको परिवारलाई लाखौं रुपैयाँ दिएका थिए तर जब उनले थप पैसा दिन बन्द गरे, श्रीमतीले २०२१ मा छोराको साथ बेंगलुरु छोडि दिइन् । अतुलले हरेक महिना ४० हजार रुपैयाँ मेन्टेन्स दिने गरेको पत्रमा उल्लेख गरेका छन । अतुलले भने, ‘तर, मेरी श्रीमतीले छोरालाई भेट्न र बोल्नसमेत दिएनन ।’
जसको रिसमा श्रीमतीले उनी माथी दाइजो र बाबुको हत्या गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन । श्रीमतीले केटा र उनको परिवारका सदस्यहरू विरुद्ध धेरै मुद्दा दायर गरेकी थिइन्, जसमा हत्या र अप्राकृतिक यौनसम्बन्धका घटनासमेत उल्लेख गरिएको छ । अतुलले आफ्नी श्रीमतीले १० लाख दाइजो मागेको आरोप लगाएका कारण बुवाको हृदयघातका कारण मृत्यु भएको आरोप लगाउने गरेको उनले आत्महत्या अघि उल्लेख गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २८ गते, २०८३ - १७:५९
काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...
बैशाख २८ गते, २०८३ - १७:४२
काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...
बैशाख २८ गते, २०८३ - १७:३६
काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...
बैशाख २८ गते, २०८३ - १७:२६
काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...
बैशाख २८ गते, २०८३ - १७:१६
काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...
बैशाख २८ गते, २०८३ - १७:०२
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद...
बैशाख २८ गते, २०८३ - १६:५६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको न...
बैशाख २८ गते, २०८३ - १६:४६
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। र...
बैशाख २८ गते, २०८३ - १६:३६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड स्रोतका...
बैशाख २८ गते, २०८३ - १६:०६
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको छन् । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त...


प्रतिकृया लेख्नुहोस्: