Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

सवारीसाधन व्यवस्थापनको लागी इ–रिक्सा नियमन सुरु

खबरडबली संवाददाता

लुम्बिनी। रुपन्देहीको सद्धार्थनगर नगरपालीकाले नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुनौतीको रुपमा देखिएका अटो टेम्पो तथा इ–रिक्सा (तिनपाङग्रे) सवारीसाधन व्यवस्थापनको लागी नियमन सुरु गरेको छ ।

सबै सरोकारवालाहरुको सर्वपक्षिय छलफलबाट बिना दर्ता र अव्यवस्थित रुपमा भैरहवा क्षेत्रमा सञ्चालन हुँदै आएका अटो टेम्पो तथा इ–रिक्सालाई व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले मापदण्ड तयार पारेको थियो । उक्त मापडण्ड अनुसार सिद्र्धानगरमा बढीमा ५ सय अटो तथा ईरिक्सा सञ्चालन गर्न पाउने व्यवस्था छ । 

त्यसका लागि नगरपालिकाले पटकपटक सूचना प्रकाशित गरी ४ सय ७३ वटा ई रिक्सा दर्ता गराएको छ। अब दर्ता भएका ई रिक्सालाई मात्र नगरभित्र सञ्चालन गर्न दिनका लागि नियमन सुरु भएको हो । जिल्ला ट्राफीक प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा नियमन अभियान सुरु गरिएको हो । 

नगरपालिकाले हालै मात्र भर्ना गरेका नगर प्रहरी खटाएको छ । बुधबरदेखि एक हप्तासम्म नियमन गरिने र त्यसपछि अटेर गर्नेलाई कारबाही प्रकृयामा अगाडी बढाईने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । दर्ता भए नभएको सजिलै छुटयाउनको लागि नगरपालिकामा दर्ता भएका ई रिक्सालाई पहेलो रगंको हाफ ज्याकेट समेत वितरण गरिएको छ ।

सिद्धार्थनगर नगरपालीकाका प्रमुख ईस्तियाक अहमद खानले नगरमा व्यवस्थित पाकीङ्ख गरी ट्राफीक व्यवस्थापन गर्ने, नगरकलाई सुन्दरीकरण गर्ने, सही भाडादर लागु गर्ने उद्येश्यका साथ इ रिक्साको नियमन सुरु गरिएको बताए। ‘सिद्धार्थनगरलाई व्यवस्थित र सुन्दर बनाउने उदेश्यका साथ हामी अगाडी बढेका छनौ । यसमा सवैको सहयोगको पनि आवश्यक छ,’ उनले भने।

सिद्धार्थनगर नगरपालिकाकी उप प्रमुख उमा अधीकारीले ई रिक्सा व्यवस्थापनका लागि आफूहरु निर्वाचीत भएर आए देखिनै लागि परेको र अहीले यो अभियान सफताउन्मुख भएको बताए । उनले नगरपालिकाले तोकेको मापदण्ड पुरा गरेर मात्र आफ्ना ईरिक्सा चलाउन सम्बन्धीत सवारी धनीहरुलाई आग्रह समेत गरे। 

जिल्ला ट्राफीक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरिक्षक रन्जु केसीले अटो टेम्पो तथा इरिक्सासँग सम्बन्धित मापदण्ड पूर्ण रुपमा कार्यान्यवनमा लगिने भएकाले मापदण्ड पुरा गरेर मात्र तीनपाङग्रे सवारी साधन चलाउन आग्रह गरे। 

नगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू–बुक, सवारीचालक अनुमतिपत्र र बिमालाई अनिवार्य गरिएको छ । गैरनेपाली नागरिक र बिना दर्ताका अटो टेम्पो तथा इरिक्सा संचालनमा भने प्रतिबन्ध लगाइएको छ । मापदण्ड अनुसार मुख्य सडकबाहेक किनाराका सर्भिस लेन र नगरका भित्रि सडकमा सञ्चालन गर्नु पर्ने, रुट इजाजत लिनु पर्ने, यात्रुसँग निर्धारित भाडामात्र लिनु पर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनु पर्ने, नगरपालिकामा दर्ता भएको संकेत सवारी साधनको अग्रभागमा राख्नु पर्ने लगायतका मापदण्ड छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक हप्तामा २११ जनाले बनाए राहदानी, ११ लाख राजस्व सङ्कलन

तम्घास। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट एक हप्तामा २११ जनाले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्...

युद्बबिराम घोषणा पछि पनि इजरायली हमला जारी, ११३ प्यालेस्टाइनीको मृत्यु

गाजा। हमास र इजरायल बिचको युद्ब भोलीवाट समाप्त हुदैँछ । कतारको मध्यस्थतामा भएको १५ महिना लामो युद्ब बिरामले अब पुनर्निर्माणतर्फ केन्द्रित हुने अपेक...

मोरङको ग्रामथानमा माओवादीको जनसभा सुरु, अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने

मोरङ । मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत जनसभा सुरु भएको छ ।  नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन ...

बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

काठमाडौं। बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको छ । आइसिसी यू–१९ टी– २० महिला विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो । ...

उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्नुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपा...

बहुलराष्ट्र राज्यको स्थापना गर्न अब सबै लागौंः राजेन्द्र महतो

लहान। बलिदानी दिवसको अवसरमा आज मधेश र देशको लागि ज्यानको आहुति दिने ज्ञात अज्ञात सम्पूर्ण वीर शहीदहरूको सम्झना गरिएको छ । लहानमा रहेको सहिदहरूको सा...

स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छः प्रमुख आयुक्त थपलिया

धुलिखेल। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुखरउपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने ...

अध्यक्ष प्रचण्डद्वारा मोरङको ज्येष्ठ नागरिकलाई सम्मान

मोरङ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन । अध्यक्ष प्रचण्डल...

समाजवादी मोर्चासँग सहकार्य हुँदैन : अध्यक्ष यादव

प्रचण्डसँग सहकार्य र मोर्चा बनाएर धोका खाइसकेकाले विश्वास गर्ने कुनै आधार छैन

गाजामा युद्बबिराम आइतबार बिहान साढे आठ बजेबाट लागु हुने

गाजा । अन्ततः हमास र इजरायलका बिचमा युद्बबिराम भएको छ ।इजरायली मन्त्री परिषदले अनुमोदन गरे पछि यो युद्दबिराम आइतवारवाट लागु हुने भएको हो ।  समाचार ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy