Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

पाँच दिन लगातार घटेको नेप्से उच्च अङ्कले बढ्यो, कारोबार रकम भने पाँच अर्बमा खुम्चियो

खबरडबली संवाददाता

काठमाडौँ। पछिल्लो पाँच दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार भने उच्च अङ्कको वृद्धि देखिएको छ। 

आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो। यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो।

परिसूचक बढेपनि कारोबार रकम भने पाँच अर्बमा खुम्चिएको छ। आज तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ।

सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने शून्य दशमलव ३४ प्रतिशतले घटेको छ। आज बैंकिङ समूह सबैभन्दा बढी तीन दशमलव ४३ प्रतिशतले बढेको छ। विकास बैंक एक दशमलव ६३, वित्त एक दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव शून्य पाँच, जलविद्युत् एक दशमलव ९६ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ।

जीवन बिमा समूह एक दशमलव शून्य सात, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६०, लघुवित्त शून्य दशमलव ४२, निर्जीवन बिमा एक दशमलव शून्य तीन, व्यापार एक दशमलव ५६ र अन्य समूह शून्य दशमलव ५७ प्रतिशतले बढेको हो।

न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९७ प्रतिशतले बढेको छ। सबैभन्दा बढी घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रू ३६ करोड १५ लाख दुई हजार चार सय ४३ बराबरको शेयर किनबेच भएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रूपन्देहीमा ६ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद

सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...

पार्टीलाई विजयी गराउन नसकेको भन्दै रास्वपा रुकुम पश्चिमका सभापति शाहीले दिए राजीनामा

रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरे

काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...

बाँकेमा ४७ उम्मेदवारको जमानत जफत

नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूल...

सुनसरी–१ मा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

धरान। सुनसरी निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी नै पहिलो भएको छ । निर्वाचन अधिकृतको कार्या...

मध्यपूर्व तनावले भारतको ग्यास बजार प्रभावित, सिलिन्डर खरिदमा नयाँ नियम लागु

भारतमा अमेरिका–इजरायल र इरानबीच बढेको युद्ध तनावले मध्यपूर्व क्षेत्र प्रभावित भएपछि त्यसको असर भारतीय घरेलु ग्यास बजारमा देखिन थालेको छ। विशेषगरी महार...

स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको निधन

काठमाडौँ। प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्‍याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३ वर्षको उमेरमा निधन भएको छ ।  काठमाडौ...

रुकुमपश्चिममा विवाहमा गएका दुई किशोरीको शव फेला, एक बेपत्ता

रुकुमपश्चिम। रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ । आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरी...

डोटीमा ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE