जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ । आयोगबाट पदपूर्तिको कार्य अगाडि बढेपछि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थपिने अपेक्षा गरिएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द महतले जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालको संविधान २०७२ को धारा २४३ बमोजिम स्थायी पदपूर्ति र बढुवासम्बन्धी कार्य लोकसेवा आयोगमार्फत अघि बढाउने कानुनी बाटो खुलेको छ ।
‘यो निर्णयले प्रतिष्ठानलाई विधिसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट अब्बल शिक्षक तथा कर्मचारी नियुक्त गर्न ठूलो अवसर प्रदान गरेको छ,’ रजिस्ट्रार महतले भने, ‘यो निर्णय संस्थागत हितका लागि महत्त्वपूर्ण कोसेढुंगा साबित हुनेछ, प्रतिष्ठानमा हाल कार्यरत शिक्षक र कर्मचारीहरूको योग्यता एवं योगदानलाई कदर गर्दै, वैधानिक प्रक्रियाबाट बढुवा गर्ने आधार तयार भएको छ ।’
लोकसेवा आयोगमार्फत स्थायी पदपूर्ति गर्ने यो प्रक्रिया सुरु गर्नका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । तत्कालीन समयमा २०७५ कात्तिक १५ मा बसेको लोकसेवा आयोगको बैठकले पाँच प्रतिष्ठानमा स्थायी पदपूर्ति र बढुवा रोक्ने निर्णय गरेको थियो । तीन वर्षको प्रयास र विभिन्न कठिनाइ पार गर्दै प्रतिष्ठानले यो कानुनी अवरोध पन्छाउन सफल भएको रजिस्ट्रार महतको भनाइ छ । ‘प्रतिष्ठानको दीर्घकालीन हितका लागि लोकसेवा आयोगजस्तो विश्वसनीय संस्थामार्फत पदपूर्ति गर्नुपर्ने आवश्यकता थियो, यो निर्णयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य जनशक्ति भित्र्याउन ठुलो सहयोग पुर्याउने छ,’ प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८२ - २०:५७
काठमाडौं । स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप गरिने भएको छ । स्वास्थ्य ...
बैशाख २० गते, २०८२ - २०:५४
काठमाडौं । सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोर–किशोरीको सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ सेवा सुरु गरेको छ । उक्त सेवामार्फत अभिभावकले आफ्ना छोराछ...
बैशाख २० गते, २०८२ - २०:५०
सिरहा । सिराहाको गोलबजार नगरपालिका– १०, डन्डा गाउँको आँपको बगैंचाछेउको झाडीमा फालिएको अवस्थामा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जंगली ...
बैशाख २० गते, २०८२ - २०:४६
पाकिस्तान । गत महिना भएको घातक आक्रमणपछि कट्टर प्रतिद्वन्द्वीहरूबिच तनाव बढेपछि पाकिस्तान प्रशासित काश्मीरले यस क्षेत्रको भारतीय पक्षसँगको वास्तविक सी...
बैशाख २० गते, २०८२ - २०:४०
बाजुरा । बुढीनन्दा नगरपालिकाको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार नगरपालिका–८ गोठीस्थित गोरख बोहराको घरमा विद्युत सट भइ तीन तले घर जले...
बैशाख २० गते, २०८२ - २०:२३
काठमाडौं । नेपाल चिकित्सक संघले एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ । संघले शनिबार विज्ञ...
बैशाख २० गते, २०८२ - २०:१९
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशास...
बैशाख २० गते, २०८२ - २०:१३
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले एआईको चेतनाका लागि विज्ञको सल्लाह अनुसार काम गर्ने बताएका छन् । एआई कार्यशालामा स...
बैशाख २० गते, २०८२ - २०:०१
यही हुन् बैठकका निर्णयहरू
बैशाख २० गते, २०८२ - १९:१५
भोजपुर । भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप उपाधि विभागिय टिम एपिएफले...
प्रतिकृया लेख्नुहोस्: