Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै

खबरडबली संवाददाता

मान्म । जिल्लाको शुभकालिका गाउँपालिका– ३ भर्ता गाउँमा ६९ लाख ५३ हजार ४९८ को लागतमा आधुनिक प्रसूति सेवा केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ । छाया नेपाल र शुभकालिका गाउँपालिकाको संयुक्त लागत साझेदारीमा प्रसूति सेवा केन्द्र निर्माण हुन लागेको हो । 

छाया नेपालको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागतमा आधुनिक प्रसूति सेवा निर्माण हुने गाउँपालिकाले जनाएको छ । भर्ता गाउँमा प्रसूति सेवा केन्द्र नहुँदा गर्भवती तथा सुत्केरी हुनेका लागि समस्या हुँदै आएकाले सहज उपचार सुविधा दिने उद्देश्यले आधुनिक भवन निर्माण गरी २४ घण्टा प्रसूति सेवा दिने गाउँपालिकाका गोविन्द्रप्रसाद आचार्यले बताए ।

‘प्रसूति सेवा केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गरी सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले आधुनिक भवन निर्माण गर्न लागिएको हाे,’ उनले भने, ‘विकट क्षेत्रका महिलालाई सुरक्षित प्रजनन सेवा दिने पालिकाको पहिलो प्राथमिकता छ ।’

दुर्गम तथा विकट क्षेत्रमा व्यवस्थित प्रसूति सेवा अभाव रहेका स्थानमा छाया संस्थाले केन्द्र निर्माण गर्दै आएको संस्थाका कार्यकारी निर्देशक कमल थापाले बताए । ‘सुरक्षित प्रसूति सेवाको पहुँच विस्तार गर्न लामो समयदेखि स्थानीय तहसँग समन्वय गरी केन्द्र स्थापना गर्दै आएका छौँ,’ उनले भने, ‘कसैले पनि असुरक्षित प्रसूतिका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले दुर्गम तथा विकट क्षेत्रमा अभियानका रूपमा केन्द्र स्थापना थालेका हौँ ।’

अहिले शुभकालिका– ३ भर्तामा सोही अभियानअन्तर्गत प्रसूति सेवा केन्द्र स्थापना गर्न पालिकासँग समन्वय गरिएको निर्देशक थापाले जानकारी दिए । केन्द्रमा दक्ष जनशक्ति खटाइने भन्दै आवश्यक अन्य व्यवस्थापन गाउँपालिकाले गर्ने सहमति भएको उनले बताए ।

भवन पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले जानकारी दिए । ‘गाउँपालिका र छायाको संयुक्त साझेदारीमा बन्ने केन्द्र पाँच महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । एउटा फार्मेसी, प्रस्तुति कक्ष, कर्मचारी आवाससहितको भवन बन्नेछ,’ उनले भने, ‘विकट बस्तीका सुत्केरी तथा गर्भवतीको सहजताका लागि केन्द्र स्थापना गर्न लागिएको हो ।’

केन्द्रको भवन निर्माण गर्न आवश्यक जग्गा स्थानीय समाजसेवी नन्दबहादुर शाहीले निःशुल्क रूपमा उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending