Ntc summer Offer
Khabar Dabali २ माघ २०८१ बुधबार | 15th January, 2025 Wed
Investment bank

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।  

ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप गएराति ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए। 

जीपमा चालक सहित सवार सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरी थप उपचारका लागि नगर अस्पताल दल्ली पुर्‍याए पनि सातमध्ये पाँच जनालाई डाक्टरले मृत घोषणा गरेका थिए।

मृत्यु हुनेमा नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय चालक इन्द्रजित थापा, सोही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोरा आलोचन रोका रहेका छन् । 

घाइते दुईमध्ये २१ वर्षीय जीवन विकको अवस्था सामान्य रहेकोले सामान्य उपचार पश्चात उनलाइ डिस्चार्ज गरिएको र अर्का घाइते १९ वर्षीय जनक थापाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको उनले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाजामा युद्धविराम सहमति नजिक, राष्ट्रपति रहँदै सम्झौता गराउने बाइडनको प्रयास

बन्धक मुक्त गर्नेबारे कस्तो सहमति हुनसक्छ ?

लमजुङमा बढ्यो धान उत्पादन

लमजुङ । लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल मौसम, उन्नत जातको धानको विउ प्रयोगलगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जन...

सामाजिक सञ्जालको सदुपयोग गर्दा ...

नवलपरासी । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् नवलपरासीको स्थानीय तहका एक जनप्रतिनिधिले । नवलपरासी (ब...

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योल पक्राउ

काठमाडौं । दक्षिण कोरियामा भ्रष्टाचार विरोधी निकाय सीआईओका अनुसन्धानकर्ताहरूले निलम्बित राष्ट्रपति यून सुक योललाई पक्राउ गरेका छन्।  यूनलाई मोटरमा ...

न्यायाधीश सरुवा हुँदा १५ दिनदेखि मुद्दाको सुनुवाइ प्रभावित

पर्वत । जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएको छ। जिल्ला अदालतमा कार्य...

अरूण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउने

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेघावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार स...

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले देशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने तराईका केही भूभागमा अहिले हुस्...

क्रोएसिया पठाइदिने भन्दै १५ लाख ठगी, काठमाडौँबाट २९ वर्षीय युवक पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिने भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौँबाट एक युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्न...

ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना

ललितपुर । ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर मह...

संसद‍्मा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन

काठमाडौँ । सरकारले दोस्रोपटक अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन गरेको छ । संसद‍्मा विचाराधीन रहेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पह...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy