Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

रविलाई फेरि पाँचै जिल्ला घुमाएर मुद्दा दायर गर्ने तयारी

खबरडबली संवाददाता

काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पाँच जिल्लामा बयान सकिएको छ । बयान सकिएपछि उनीमाथि प्रहरीले अभियोजनका लागि गृहकार्य थालेको छ । उनलाई फेरि पाँचै जिल्लामा घुमाएर मुद्दा दायरको तयारी छ । 

लामिछानेलाई बुधबार पर्सामा बयान पूरा गरी कास्की लगिएको छ । कास्कीमा आगामी साताभित्र मुद्दा दायर गर्ने प्रहरी तयारी छ । ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले भने, ‘रायसहितको अनुसन्धान प्रतिवेदन छिट्टै बुझाउने तयारीमा छौँ ।’ 

कास्कीमा हदम्याद पनि सकिन लागेकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी  कसुरमा प्रहरीले आरोपीलाई अधिकतम ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । जुन म्याद अब नौ दिन मात्र बाँकी छ । गत ६ असोजमा सो मुद्दाको आरोपीमध्ये एक छविलाल जोशी पक्राउ परेका थिए । सोही दिनदेखि थुनामा राख्ने म्याद सुरु भएको थियो । जसअनुसार ६ पुसभित्र कास्कीमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ । 

प्रहरीले सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने र सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गर्छ । हदम्याद सकिनुभन्दा केही दिनअघि नै रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने प्रचलन छ । 

कास्कीमा थुनछेक आदेश भएपछि लामिछानेलाई रुपन्देही, काठमाडौं, चितवन हुँदै पर्सा लगेर मुद्दा दायर गर्न लागिएको छ । यसअघि ती जिल्लामा लगेर लामिछानेको बयान लिइएको थियो । लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरसम्बन्धी अभियोग लगाउने तयारी छ । तर, सम्पत्ति शुद्धीकरणको मुद्दा पाँचै जिल्लामा वा एक जिल्लामा चलाउने भन्नेमा प्रहरी अन्योलमा छ ।

गोरखा मिडियामा लामिछानेका पूर्वसाझेदार रहेका गीतेन्द्रबाबु (जिबी) राईको समूहले सञ्चालन गरेका सहकारीको ठगीको अनुसन्धानमा उनी तानिएका हुन् । पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा तथा पर्साको सानो पाइला सहकारीबाट गैरकानुनी रूपमा गोरखा मिडियामा करोडौँ रकम गएको थियो । 

लामिछाने गोरखा मिडियाको प्रबन्ध निर्देशक हुँदा त्यसरी आएको रकम चेक काटेर खर्च गरेको आधारमा उनीमाथि पनि सबै सहकारीको रकम अपचलनको अभियोग लगाउने प्रहरी तयारी छ । गोरखा मिडियाको तत्कालीन सञ्चालक भएकै आधारमा सहकारी ठगीमा तानिएको भन्दै रास्वपाले भने राजनीतिक प्रतिशोधको आरोप लगाएर आन्दोलन गर्दै आएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दाबारे प्रहरी अन्योलमा 

पाँच जिल्लामा लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा चलाउने प्रहरी तयारी छ । तर, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा भने पाँचै जिल्लामा चलाउने कि एक ठाउँमा मात्र चलाउने भन्नेमा प्रहरी अन्योलमा छ । यस विषयमा प्रहरीले मौखिक रूपमा महान्यायाधिवक्ता कार्यालयको समेत राय मागेको स्रोत बताउँछ । प्रहरीले गत वैशाखदेखि मात्र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्ने अधिकार पाएको हो । 

नयाँ अभ्यास भएकाले यससम्बन्धी कानुनको कार्यान्वयनमा प्रहरी प्रस्ट छैन । अनुसन्धानमा आबद्ध केही प्रहरी अधिकारीले सम्बन्धित जिल्लामा सहकारी ठगी मुद्दा चलाउने र सिआइबीबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाउने राय दिएका थिए । तर, गृह र महान्यायाधिवक्ता कार्यालयबाट भने सबै जिल्लामा सम्पत्ति शुद्धीकरणको कसुर चलाउन दबाब आइरहेको प्रहरी स्रोत बताउँछ । 

यसअघि विभिन्न जिल्लामा सहकारी ठगीमा परेका शिवशिखर सहकारीका तत्कालीन अध्यक्ष केदारनाथ शर्मालाई दर्जन जिल्लामा सहकारी ठगी मुद्दा चलेकोमा  भक्तपुरबाट मात्र सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको थियो । 

‘लामिछानेको विषयमा सम्पत्ति शुद्धीकरण मुद्दा कसरी चलाउने भन्ने विषय अझै टुंगिएको छैन,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘सबै निकायसँग छलफल गरिरहेका छौँ ।’ 

प्रहरीले लामिछाने र उनकी श्रीमती निकिता पौडेलको समेत सबै सम्पत्ति रोक्का राखेर त्यसको स्रोत मागेको छ । सम्पत्ति शुद्धीकरण मुद्दा दायर हुन अपराध गरेरै सम्पत्ति आर्जन गरेको पुष्टि हुनुपर्ने प्रावधान रहेको, तर लामिछानेको हकमा त्यस्तो प्रमाण हालसम्म नभेटिएको प्रहरी स्रोत बताउँछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending