Khabar Dabali २९ कार्तिक २०८२ शुक्रबार | 14th November, 2025 Fri
Investment bank

४० करोड लागतमा स्तरोन्नति भइरहेको छ २० वर्षअघि ट्र्याक खोलिएको सडक

खबरडबली संवाददाता

बागलुङ । बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ।

यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ।

हाल यहाँको बस्ती–बस्तीमा सडकको ट्रयाक पुगेको छ भने रायडाँडाको वडा कार्यालयसम्म पक्की सडक पुर्‍याउन धमाधम स्तरोन्नतिको काम भइरहेको छ।

हाल १९ किमी सडक पक्की बनाउन दुई चरणमा ठेक्कामार्फत ‍४० करोड रूपैयाँ लागतमा सडक स्तरोन्नतिको काम भइरहेको हो।

अदालत—चौपारी–गौँडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा बरेङ शान्तिपुर सडकअन्तर्गत हाल रायडाँडासम्म सडक कालोपत्रका लागि स्तरोन्नतिका काम हुँदैछन्।

पहिलो चरणमा ६ महिना अघिदेखि  ३० करोड लागतमा भकुण्डेसम्म १५ किमी सडक र हाल भकुण्डे खण्डको चार किमीमा काम सुरु भएको छ।

यस्तै दोस्रो चरणमा भकुण्डेको शौर्यदेखि बागलुङ नगरपालिका–११ रायडाँडाको वडा कार्यालयसम्म चार किमि सडक स्तरोन्नतीका लागि १० करोड लागतमा ठेक्का सम्झौता निर्माण व्यवसायी काममा फर्केको छ।

छिट्टै रायडाँडाका सडक बन्ने बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए।

निरन्तरको पहल र बागलुङ नगरपालिकाको समन्वयमा सडक निर्माणले गति लिएको र दुवै खण्डमा सडक स्तरोन्नति भए रायडाँडा जस्तो विकट गाउँमा विकासले गति लिने अपेक्षा गरिएको उनको भनाइ छ।

'बागलुङ बजारदेखि तित्याङ हुँदै भकुण्डेसम्मको १५ किमी सडकमा बिडारी निर्माण सेवाले काम गरिरहेको छ भने भकुण्डेदेखि रायडाँडासम्मको चार किमि सडकमा एटलान्टिक निर्माण सेवाले हालै सम्झौता गरेर सडक चौडा पार्ने काम सुरु गरेको छ,' वडाध्यक्ष गौतमले भने, 'बागलुङ नगरपालिकाको विकट गाउँमा पक्की सडक पुग्नु यहाँका लागि गौरवको विषय हो।' 

बहुवर्षीय आयोजनाअन्तर्गत दोस्रो खण्डमा गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालयअन्तर्गत काम भइरहेको छ।

वैशाखदेखि काम सुरु गरेका निर्माण व्यवसायीले तित्याङ खण्डमा ६ किमी सडक चौडा बनाइसकेको छ भने बागलुङ बजारको अदालत चौपारीदेखि सडक चौडा पार्ने, ग्याबिन लगाउने र कल्भर्ट निर्माण गर्ने काम भइरहेको बिडारी निर्माण सेवाका सञ्चालक ध्रुब बिडारीले जानकारी दिए।

२०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्न सम्झौता भएकामा सडकको पहिलो खण्डमा हाल कामले गति लिएको छ।

ट्रयाक खोलेको २० वर्षसम्म स्तरोन्नति हुन नसकेको सडक कालोपत्रका लागि पूर्वाधारको काम हुँदा स्थानीय पनि उत्साहित भएका छन्।

स्थानीय चन्द्रप्रकाश शर्माले सडक स्तरोन्नतिले पर्यटकीय गाउँ भकुण्डे पुग्ने पर्यटकलाई सहज भई अन्य विकासमा पनि सकारात्मक प्रभाव पर्ने उनले बताए।

सडकको पहुँच, विकासका गतिविधि बढ्न थालेपछि यहाँबाट बसाइँसराइ रोकिने शर्माले आशा व्यक्त गरे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लोकप्रिय पार्टीका नेता ओलीलाई स्थान हद तोकेर चुनाव हुन सक्दैन : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्ने जोड दिएका छन्। नेपाल खेलकुद महासङ्घको...

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय भवन संहिता (कोड) परिमार्जन गरी लागू गरेको छ।  पुरानो कोडमा रहेक...

कांग्रेसमा महाधिवेशनबारे विवाद- सहमति खोज्न कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन सम्बन्धी जारी विवादमा सहमति खोज्न आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बसाउँदैछ। २१ फागुनमा तय भएको निर्वाचनलाई...

तत्कालीन आईजीपीलाई पनि उपत्यका नछोड्न आदेश, तर ओली र लेखकसहित कसैलाई पनि दिइएको छैन पत्र

पूर्वगृहमन्त्री लेखक भन्छन्- मिडियाबाट सुनेको आधारमा सरकारको निर्णय मानिदिनुपर्ने ?

मधेशका ५ सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखले गरिन् बदर

काठमाडौं । मधेश प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिता कुमारी राउतले खारेज गरेकी छन्। सभामुखविरुद्ध...

कुमारी घरको छानो जीर्णोद्धार गर्न एक करोड २५ लाख

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ ।  आर्थिक वर्ष...

बागलुङका कँडेलको ‘सानो स्वर्ग’- चरा पाल्ने रहरबाट सुरु भएको व्यवसायमा ५० लाखको कालिज

ढोरपाटन (बागलुङ) । घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने ...

युट्युवबाट सिकेको सीपले बदल्यो महराको जीवन

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा करिब दुई दशकअघिसम्म फर्निचरको काम गर्थे । परिवार पाल्न मुस्किल भएपछि ...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार आज दिउँसो कोशी र ग...

थारु महिलाको पौरख: नेपालगन्जलाई अर्ग्यानिक स्वाद

बाँके । नेपालगन्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending