कास्की । कास्कीको मादी गाउँपालिका–५ ठुलास्वारामा पेट्रोल छर्केर आगो लगाई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ स्थायी घर भई पोखरा महानगरपालिका १३ काँहुखोला बस्ने वर्ष ३१ का उमेश राई रहेका छन् ।
राईले बिहिवार राती दुर्गा बहादुर गुरुङलाई आफ्नै घर बाहिर पेट्रोल छर्केर आगो लगाएका थिए । घटनापछि पीडित गुरुङलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई मणिपाल अस्पताल हुँदै थप उपचारका लागि किर्तिपुर बर्न अस्पताल लगिएको छ ।
प्रहरीले घटनाको सूचना पाउनेबित्तिकै अनुसन्धान थालेको थियो। आरोपी राईलाई मादी गाउँपालिकाको सुनपदेँलीस्थित एक पुरानो विद्यालयमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउका क्रममा राईको साथबाट तीन थान लाइटर, एक बोतल, तीन मोबाइल, र एक लाइसेन्स बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राईलाई कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: