Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

मध्यपश्चिम विश्वविद्यालय जहाँ पुग्यो मदिराको बिल !

भ्रष्टाचार नै भएको सर्वोच्चको व्याख्या

फाइल तस्बीरः मध्यपश्चिम विश्वविद्यालय
खबरडबली संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले एउटा विषयका लागि लिइएको पेश्की अर्को कुनै ब्यहोरामा प्रयोग गर्नु भ्रष्टाचार हुने व्याख्या गरेको छ ।

करिब एक दशकअघि मध्यपश्चिम विश्वविद्यालयमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दाको व्याख्यामा सर्वोच्चले जथाभावी गरिएका खर्च पटकपटक दोहोरिनुलाई त्रुटि भन्न नमिल्ने बताएको छ । त्यस्तै, बेरूजु कायम गरेर मात्रै त्यसको समाधान नहुने पनि व्याख्यामा उल्लेख छ ।

न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले दुई वर्षअघि गरेको फैसलाको पूर्णपाठ हालै नेपाल कानून पत्रिकामा प्रकाशित भएको हो । सर्वोच्चले विश्वविद्यालयको कार्यक्रमका लागि लिइएको पेश्कीबाट होटल, किराना पसल, कपडा पसल, फेन्सी र खाद्यान्नका बिल पेश गरेर रकम भुक्तानी लिनु गम्भीर कसूर भएको भन्दै त्यस्ता क्रियाकलापलाई पनि भ्रष्टाचार नै मान्नुपर्ने व्याख्या गरेको हो ।

फैसलाको पूर्णपाठमा भनिएको छ, ‘प्रमाण नै पेश नगरी आधार र कारण नभई विश्वविद्यालय कोषको रकम भुक्तानी दिने काम भएको देखिन आएकाले बदनियत उक्त काम भइ स्पष्ट हानी नोक्सानी पुर्‍याएको देखिन आउँछ ।’

विशेष अदालतले तत्कालीन उपकुलपति पदमलाल देवकोटा, नवराज कँडेल, श्रीरामप्रसाद उपाध्याय, रामचन्द्र अर्याललाई सफाइ दिएको थियो ।

त्यही फैसला सदर गर्दै सर्वोच्च अदालतले सुधन गौली, गणेश बहादुर रावत, पारसराम गिरी, जीवनकुमार थापा, गगनसिंह बोहरा, डा. ठकेन्द्र प्रकाश गिरी र कमलकेसीलाई दोषी ठहर गरेको हो ।

रजिष्ट्रार गिरीका साथै सेवा आयोगका अध्यक्ष नवराज कँडेल, लेखा नियन्त्रक कमल केसी, अनुगमन अधिकृत गगनसिंह बोहरा, उप–प्राध्यापक गणेश रावत, डिन रामचन्द्र अर्याल, सहायक प्रशासक पारसराम गिरी, सहायक प्रशासक जीवनकुमार थापा, उप–प्राध्यापक सुधन गौली लगायतमाथि अख्तियारले भ्रष्टाचारको आरोप लगाएको थियो ।

२०६८र६९ ताका मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीहरूले मनोमानी खर्च गरेका थिए । उनीहरूले विभिन्न कार्यक्रमका लागि निकासा भएको बजेटमा सकेर मदिरा, पेयपदार्थदेखि भित्री वस्त्रका बिल समेत पेश गरेका थिए त्यतिबेला बडि स्प्रे, मञ्जन, ब्रस, मोजा, सेभिङ मेसिन, मोबाइल चार्जर र जुत्ता पालिसको बिलसमेत पेश भएको थियो ।

पदाधिकारीहरूले आफ्नो घर मर्मत र रंगरोगनमा पनि विश्वविद्यालयको बजेट दुरूपयोग गरेको भेटिएको छ । २०६९ साउन ५ को कार्यकारी परिषद्ले पदाधिकारीहरूलाई घर मर्मत र साजसज्जाको दोहोरो सुविधा दिने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले भनेको छ, ‘विश्वविद्यालयको रजिस्ट्रारको जिम्मेवारीपूर्ण पदमा रहँदाको अवस्था ऐन कानूनले दिएको अधिकारको सीमाभित्र रहेर आफ्नो अधिकारको प्रयोग गर्नुपर्नेमा अधिकारको दुरूपयोग गरी बदनियतसाथ विश्वविद्यालयको कोषको रकम हिनामिना गरेको देखिन्छ ।’

रजिष्ट्रार ठकेन्द्र प्रकाश गिरीले ‘होटलमा बियर लगायतका खानेकुरा खाएको’ बिल विश्वविद्यालयमा पेश गरेका थिए । विश्वविद्यालयको खर्चमा ‘ह्विस्की पिएको र अन्य परिकार’ भनी बिल समावेश थियो छ । सर्वोच्च अदालतले असम्बन्धित विषयको बिल पेश गर्ने त्यस्तो कामलाई भ्रष्टाचार भनेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अपराध बढेको रिपोर्टपछि अनलाइन छली नियन्त्रणमा भारतले कडाइ गर्दै

नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...

दुर्गम बस्तीमा पनि पहुँच: स्याटेलाइटमार्फत सेवा विस्तार गर्दै नेपाल टेलिकम

काठमाडौं । देशका विकट र दुर्गम बस्तीहरूमा सञ्चार सेवा पुर्‍याउने लक्ष्यसहित नेपाल टेलिकम ले स्याटेलाइट प्रविधिमार्फत मोबाइल र डाटा सेवा विस्तारलाई तीव...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष...

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् ।   राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिप...

रोल्पा दुर्घटनाः २० जनाको मृत्युमा नेकपा संयोजक ‘प्रचण्ड’ स्तब्ध, राहत र सुरक्षामा जोड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व बाट थबाङ गाउँपालिका–१, रोल्पा तर्फ जाँदै गरेको जीप दुर्घटन...

त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बिहीबार उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्...

नेपाल–चीन सम्बन्धमा नयाँ सन्देश: राष्ट्रिय सभा उपाध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । सिंहदरबार मा भएको एक महत्वपूर्ण शिष्टाचार भेटमा लीला कुमारी भण्डारी र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ बीच द्विपक्षीय सम्बन...

रौतहटमा अलपत्र परेका पुल देखेपछि सांसदले भने– अब कुनै पनि बहाना हुँदैन

रौतहट  । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण ...

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

काठमाडौं ।  विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आद...

दुई दिने बिदा कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षण संस्थामा समेत हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने नेपाल सरकारको निर्णयको समर्थन गर्दै कार्यान्वयनका ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending