झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि महासंघको जिल्ला शाखामा निर्वाचित भएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिए ।
अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्त गरेका थिए । यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने एक सय २२ मतका साथ निर्वाचन हुँदा प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत पाए । सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याएर निर्वाचित भएका छन् ।
यस्तै, खुला सहसचिवमा रमेश तिवारी र दलित सदस्यमा मनकुमार गदाल सर्वसम्मत निर्वाचित भइसकेका थिए । महासंघको समावेशी सहसचिवमा तिलक योञ्जन एक सय ११ मतको अन्तरले निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी चिरञ्जीवी घिमिरेले ८३ मत प्राप्त गरे । कोषाध्यक्षमा मुक्ति पौडेल ९९ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्त गरे ।
महासंघको २० सदस्यीय कार्यसमितिको महिला सदस्यमा भूमिका सुब्बा एक सय १२, सन्तोष शर्मा एक सय, आदिवासी जनजाति सदस्य इन्द्रकुमार राई एक सय १०, खुला सदस्यमा अस्मिता साँखी एक सय ४८, इशा प्रधान एक सय ३५, स्वस्तिका आचार्य एक सय ३३, विनोद पाण्डे एक सय ३३, सुदीप अधिकारी एक सय २६, द्रोण अधिकारी एक सय २८, दिपेश राजवंशी एक सय १७, देवेन्द्र प्रसाईं ९५ र भूमिराज पराजुली ९४ मतका साथ निर्वाचित भएका छन् ।
पत्रकार महासंघ झापा शाखामा दुई सय २० सदस्य रहेकामा दुई सय पाँच जनाले मतदान गरेका थिए । २० सदस्यीय कार्यसमितिको १८ पदका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८१ - १०:५४
विराटनगर । पार्टीको काम कारबाहीलाई सामाजिक सञ्जालमा तीव्र आलोचना गर्दै आएका नेकपा एमाले उदयपुरका नेता एवं कोशी प्रदेशसभाका पूर्व सांसद विमल कार्कीलाई ...
माघ २ गते, २०८१ - १०:४८
काठमाडौं । २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुनर्निर्माण भएको छ । यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा ...
माघ २ गते, २०८१ - १०:४१
काठमाडौं । सरकारविरुद्धमा रणनीति बनाउन विपक्षी दलका नेताहरूको बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी र...
माघ २ गते, २०८१ - १०:४०
विराटनगर । सुनसरीको इटहरी २० तरहरामा भएको सवारी दुर्घटनामा परि भोजपुर हतुवा गढीका एमाले नेता विजय राई (मुकेश)को मृत्यु भएको छ । उनी एमालेका स्थानीय...
माघ २ गते, २०८१ - १०:४०
विराटनगर । सुनसरीको इटहरी २० तरहरामा भएको सवारी दुर्घटनामा परि भोजपुर हतुवा गढीका एमाले नेता विजय राई (मुकेश)को मृत्यु भएको छ । उनी एमालेका स्थानीय...
माघ २ गते, २०८१ - १०:०५
कञ्चनपुर । कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका–८, उत्तरी चुरे वन क्षेत्रबाट सोमबा...
माघ २ गते, २०८१ - ०९:५५
काठमाडाैं। आज अभिनेत्रीहरू ठूलो पर्दा वा ओटीटी प्लेटफर्महरूमा बोल्ड दृश्यहरू दिन हिचकिचाउँदैनन् तर एक समय थियो जब अभिनेत्रीहरू चुम्बन दृश्यहरूको कडा व...
माघ १ गते, २०८१ - १४:०७
काठमाडौं । शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय यादव, प्रधान...
माघ १ गते, २०८१ - १४:०२
चौतारा । सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोग...
माघ १ गते, २०८१ - १३:५८
काठमाडौं । ‘ए सिउँदो भरेर जान्छौ भने लान्छु कान्छी सिउँदो भरेर जन्ती अघि पछाडी घोडा चढेर...’ थुप्रै लगनसहित माघ महिना सुरु हुँदै गर्दा लोक त...
प्रतिकृया लेख्नुहोस्: