मुगु। जिल्लाका चार वटा स्थानीय तहका वडा कार्यालयहरूले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जबाफदेहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँ बस्तीमा नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्।
नागरिक अभियन्ता रूपबहादुर मल्लका अनुसार सर्वसाधारणलाई विकास, सुशासन, समुन्नत समाज निर्माण, आत्मनिर्भर बनाउन घर आँगनको सिंहदरबारले सञ्चालन गर्ने कार्यक्रम जनतालाई एक वर्षमा चार पटक सार्वजनिक सुनुवाइका माध्यमबाट सुसूचित गर्नुपर्ने स्थानीय सुशासन कार्यविधिमा उल्लेख छ। तर, जिल्लाका सोरु गाउँपालिका,खत्याड गाउँ पालिका, मुगुम कार्मारोङ गाउँ पालिका र छायाँनाथ रारा नगरपालिका गरि जम्मा ४५ वटा वडा कार्यालयहरू रहेका छन्। उक्त जिल्लाका वडा कार्यालयहरूले स्थापना भएदेखि अहिले सम्म सार्वजनिक सुनुवाइ नै नगरेको उनले बताए।
छायाँनाथ रारा नगरपालिका वडा नं १४ बाम गाउँका स्थानीय रत्न बहादुर बडूवालका अनुसार वडा कार्यालयले योजना निर्माण र कार्यसम्पादनको सार्वजनिक सुनुवाइ नगर्दा वडाका बस्तीमा भ्रष्टाचार मौलाउँदै गएको उहाँको गुनासो रहेको छ। उनले भने सम्बन्धित वडा कार्यालयहरूले स्थानीय तहको कार्यविधि अनुसार सार्वजनिक सुनुवाइ नगर्ने वडा कार्यालयलाई विकास निर्माणमा रोक लगाउन पालिकाले कार्यविधि बनाउन उनले सुझाव दिए।
यता छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामका अनुसार वडाका सेवाग्राहीहरूको गुनासोलाई सम्बोधन गर्नलाई नगरका वडा कार्यालयलाई सार्वजनिक कार्य विधि अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नु भनि वडा कार्यालयलाई लिखित प्रत्राचार गरेको धैरै पटक भइसक्यो तर यहाँका वडा कार्यालय हरूले सार्वजनिक सुनुवाइ गर्नमा प्राथमिकता नदिएको उनको गुनासो रहेको छ। उनले भने अहिले सम्म नियमित सार्वजनिक सुनुवाइ गर्ने १२ नं वडा कार्यालय रहेको छ।
सेवा प्रदायक संस्था र सर्वसाधारण एकै थलोमा बसेर सरकारले प्रदान गर्ने सेवा सुविधा र कार्यालय बाट हुने सम्पादन बारे जानकारी गराउने र सोहीअनुसार जनतालाई सेवा सुविधा पहुँच राख्ने बनाउन, कार्यालयका कर्मचारीको कमीकमजोरीका बारेमा सुधार ल्याउन सार्वजनिक सुनुवाइ कार्यक्रम अति उपयोगी विधि भए पनि जिल्लाका स्थानीय निकायका वडा सरकारले सार्वजनिक सुनुवाइ नगर्दा यहाँका समुदायहरू प्रत्यक्ष जानकारी पाउनबाट वञ्चित हुने गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २८ गते, २०८३ - १७:५९
काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...
बैशाख २८ गते, २०८३ - १७:४२
काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...
बैशाख २८ गते, २०८३ - १७:३६
काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...
बैशाख २८ गते, २०८३ - १७:२६
काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...
बैशाख २८ गते, २०८३ - १७:१६
काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...
बैशाख २८ गते, २०८३ - १७:०२
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद...
बैशाख २८ गते, २०८३ - १६:५६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको न...
बैशाख २८ गते, २०८३ - १६:४६
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। र...
बैशाख २८ गते, २०८३ - १६:३६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड स्रोतका...
बैशाख २८ गते, २०८३ - १६:०६
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको छन् । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त...


प्रतिकृया लेख्नुहोस्: