काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाजिक उन्नयनका लागि विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउने १० जना व्यक्तित्वलाई सम्मान गरेको छ ।
उपराष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्यमा भएको ३० औँ महानगर दिवस– २०८१ समारोहमा उनीहरूलाइ सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनु हुनेमा लोक गायनका क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा। अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट महानगरपालिकाका पूर्व प्रमुख पिएल सिंह, कलाकारितामा चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको महानगरपालिकाले जनाएको छ ।
यसैगरी, खेल क्षेत्रतर्फ तेक्वान्दोबाट संगिना वैद्य, भलिवलबाट प्रतिभा माली र क्रिकेटबाट ज्ञानेन्द्र मल्ल सम्मानित भएका छन । सम्मानित व्यक्तित्वहरुलाई नगद १ लाख ५० हजार रुपैयाँसहित दोसल्ला ओढाइएको थियो ।
समारोहमा सबै वडाबाट ल्याइएका सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेललगायत प्रदर्शन गरिएका थिए । यस्तै महानगरपालिकाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गर्ने साधन तथा उपकरणहरुको प्रदर्शन गरिएको थियो । यस्ता साधन तथा उपकरणमा दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर, फोहर संकलन गर्ने सवारी साधनहरु राखिएका थिए ।
महानगर दिवसका अवसरमा हिजो राष्ट्रिय सभा गृहमा एक कार्यक्रम आयोजना गरेर २३६ जना परम्परागत बाजा गुरुहरुलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस एका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५४ जना दाफा खिं गुरु, गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस भएका २५ टोलका एकएक जना गुरु पनि सम्मानित भएका छन् ।
साथै, नेपाल खड्गी सेवा समितिबाट सिफारिस भएका ६९ टोलका एक एक जना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट ९ टोलबाट सिफारिस भएका १५ जना गुरु, केन्द्रीय मानन्धर संघबाट सिफारिस भएका ३ टोलका ३ जना र विभिन्न संघसंस्थाहरुबाट सिफारिस भएका ७ जना बाजा गुरु रहेको महानगरपालिकाले जनाएको छ । सोही कार्यक्रममा विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाईसमेत पुरस्कृत गरिएको थियो ।
१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास मानिदै आएको छ । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: