काठमाडौं । नेपाल पत्रकार महासंघले सात दशक लामो इतिहासमा पहिलोपटक महिलाको नेतृत्व पाउने पक्का भएको छ ।
प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट निर्मला शर्मा अध्यक्ष बन्ने सुनिश्चित भएको हो ।
शर्मासँगै अध्यक्षका लागि रमेश विष्ट, देवीप्रसाद सापकोटा र लालसिंह लामा प्रतिस्पर्धामा थिए । शर्माका निकटतम प्रतिद्वन्द्वी विष्टले प्रेस युनियनबाट विद्रोह गरेर प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायतको समर्थनमा उम्मेदवारी दिएका थिए ।
महासंघ निर्वाचन केन्द्रीय समितिका अनुसार पछिल्लो परिणाममा शर्माले चार हजार २१७ मत ल्याएकी छिन् भने विष्टले तीन हजार १११ मत ल्याएका छन् । यतिवेलासम्म सिराहाको मतगणना बाँकी थियो । तर, शर्माले लिएको अग्रता गणना हुन बाँकी मतभन्दा धेरै छ ।
निर्वाचन समिति संयोजक चिरञ्जीवी खनालले सबै ठाउँबाट परिणाम संकलन गरिएपछि औपचारिक घोषणा हुने बताए।
त्यस्तै, शर्मा प्यानलकै वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नीतु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले पनि जित्ने लगभग निश्चितजस्तै भएको छ ।
कोषाध्यक्षमा भने झिनो मतले विष्ट प्यानलबाट प्रेस सेन्टरका रामकृष्ण अधिकारीको अग्रता छ । अन्तिम मतपरिणाम भने आइतबार मात्र औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - ०९:१५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ। ...
पौष १७ गते, २०८२ - ०९:०१
सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...
पौष १७ गते, २०८२ - ०८:१४
काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...
पौष १७ गते, २०८२ - ०८:१०
काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...
पौष १७ गते, २०८२ - ०८:०५
काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...
पौष १७ गते, २०८२ - ०८:०१
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...
पौष १७ गते, २०८२ - ०७:५२
सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...
पौष १७ गते, २०८२ - ०७:४९
बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...
पौष १७ गते, २०८२ - ०७:४५
भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...




प्रतिकृया लेख्नुहोस्: