Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

सिरहामा १३० किलो गाँजा सहितको कार दुर्घटना, प्रहरीको सेटिङ्गमा तस्कर फरार

खबरडबली संवाददाता

 सिरहा  । सिरहामा दुर्घटनामा परेको कारबाट १३० किलो गाँजा बरामद भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेका कारबाट १ सय ३० किलो गाँजा बरामद भएको हो। 

पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आईरहेको बा २८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो परिणामको गाँजा फेला परेपनि प्रहरीले आर्थिक बार्गेनिङ गरि गाँजा तस्करलाई भगाइदिएको स्थानीयहरुको आरोप छ। 

कार ठोकिए लगतै कारभित्रबाट २३ जना मानिसहरु निस्केर भित्रबाट पोकाहरु झिक्दै सीटी रीक्सामा हालेर भाग्नु र प्रहरीले देखेर पनि नदेखे झै गर्नुले पनि आर्थिक सेटिङ्ग रहेको पुष्टि गर्छ।

प्रहरीले ट्रक र कार नियन्त्रणमा लिएको भएपनि त्यसमा रहेका मानिसहरुका बारेमा केही बताउन चाहेनन् । एक जनालाई  प्रहरीले नियन्त्रणमा लिएको भनिए पनि उनी ट्रकका चालक हुन या कारका भन्ने खुलेको छैन। 

यता जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले दुर्घटनामा परेको कारमा गाँजा बरामद गरीएको भए पनि सवै विवरण आउन बाकी रहेको बताए। उनले भने, ‘घटना स्थलमा मातहतका प्रहरीले काम गरिरहेको छ। सवै विवरणहरु आईपुगेको छैन। विवरण आईपुग्ने वितिकै तपाईहरुलाई जानकारी भईहाल्छ´ भन्दै पन्छिएका छन्।

भारतको बिहारमा मदिरा बन्द गर्नुको कारण भारतीय बजारमा गाँजाको माग बढेकोले नेपालबाट प्रतिबन्धित लागुऔषध गाँजा प्रहरीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको स्थानीयहरुको भनाइ छ।

धनगढीको उत्तरीक्षेत्रमा गाजाँ सङ्कलन गरी जिरोमाईल बडियारपट्टी हुँदै भारतीय बजार सम्म जाने गरेको स्थानीयहरु बताउँछन्। प्रहरीकै मिलेमत्तोमा यसक्षेत्रबाट गाँजा तस्करी हुने गरेको स्थानीहरुको आरोप छ। 

कारमा रहेको पाँच बटा कालो प्लाष्टिकमा गाँजा रहेको प्रहरीले पुष्टि गरेको छ। ती पोकाहरुमा २१, वटा पोकाहरुमा २८, २६, २७ र २८ गरी १ सय ३० केजी गाँजा रहेको प्रहरीले जनाएको छ। 

अहिलेको घटनामा पनि प्रहरीले ढाकछोप गर्ने प्रयास गरेको स्थानीयले आरोप लगाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी

मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रि...

गाजर किन सुन्तला रंगको हुन्छ ?

काठमार्डौं । गाजर  एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र म...

सलाह चम्किँदा इजिप्ट शीर्षमा, न्यूजिल्यान्डको अग्रता खेर

काठमाडौं । कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा पहिलो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको...

बाँदर र बारीबीचको युद्ध : वालिङका किसानको पीडा र समाधानको खोजी

वालिङ । बिहानको घाम अझै राम्ररी फैलिएको थिएन। स्याङ्जाको वालिङ नगरपालिका–५ का एक किसान आफ्नो बारीतिर लागे। केही महिनाअघि ठूलो आशाका साथ रोपिएको मकै पा...

वडाध्यक्षमाथि मुक्का प्रहार गरेको आरोपमा पत्रकार पक्राउ, अभद्र व्यवहारमा मुद्दा दर्ता

धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवह...

राहदानी ठेक्का प्रकरणमा अख्तियारको घेरा : नारायणकाजीसँग बयान, आरजुलाई पर्खाइ

काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending