Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

लुम्बिनी महोत्सवमा आएर गाडी खरिदमा छुटैछुट

खबरडबली संवाददाता

भैरहवा  । नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा आउने दैनिक हजारौं दर्शकको ध्यान खिच्छ अटो प्याभेलियनले । यहाँ १६ वटा स्टलमा विभिन्न कम्पनीका गाडी विक्रीका लागि राखिएको छ । नेपाली बजारमा भर्खरै मात्र भित्रिएका विभिन्न मोडल र आकर्षक लुक्स भएका गाडीले दर्शकदीर्घको ध्यान तान्ने गरेको हो ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवामा जारी महोत्सवले अटोमोबाइल्सलाई प्रवद्र्धन गरिरहेको छ । बिगतका भन्दा भिन्न तरिकाले अटो प्याभेलियन बनाइएको र धेरै कम्पनीका गाडी विक्रीका लागि राखिएकाले पनि यहाँ पुग्नेले चासोकासाथ गाडीका फिचरबारे बुझ्ने गरेका छन् । अटो प्याभेलियनमा विद्युतीय गाडीहरु प्राथमिकताका साथ प्रबद्र्धन गरिएको छ । यहाँ गाडीहरु प्रबद्र्धन मात्र होइन्, बिक्री समेत भएको अटो प्याभेलियन संयोजन समितिका संयोजक एवं संघका कार्यसमिति सदस्य दिनेशमान अमात्यले बताए ।

‘अटो प्याभेलियन महोत्सव स्थलको मुख्य सचिवालयको दायाँ रबायाँ राखिएका छन् । दायाँतर्फ ६ र बायाँतर्फ १० गरी १६ वटा बिभिन्न कम्पनीहरुका कार, जिप, भ्यान, मोटरसाइकलका स्टलहरु छन्’, उनले भने, ‘एकै ठाउँमा एकैपटक यतिधेरै कम्पनीका गाडीबारे बुझ्न पाइने भएकाले पनि सबैको ध्यान खिचेको हामीले पाएका छौं ।’

यहाँ विद्युतीय र इन्धनबाट चल्ने सवारी साधन मात्र होइन्, यो क्षेत्रमा लोकप्रिय रहेको राइड शेयरिङ इ–ड्राइभ लुम्बिनीले पनि बिजिनेश प्रबद्र्धनका लागि महोत्सवको अटो प्याभेलियनमा स्टल राखेको छ । अटोतर्फ फोर्स, हुन्डाई, बिवाईडी, डिपल, ओमाडा, एमजी, बजाज, हिरो, टिभियस, यामाहा लगायतका कार तथा मोटरसाइकलका स्टल छन् । त्यसैगरी कृषि तथा ढुवानीमा प्रयोग हुने ट्याक्टर समेत प्रदर्शनीमा राखिएको छ ।

‘आरामदायी यात्राका लागि कार छन् भने कृषिमा प्रयोग गर्न ट्याक्टर समेत राखिएको छ, सबैको समिश्रण सवारी भएकाले अटो प्याभेलियनले थप आकर्षण थपेको हामीले पाएका छौं’, अमात्यले भने । महोत्सव स्थलमै  कार, मोटरसाइकल खरिदमा बिशेष छुट समेत व्यवसायीले दिएका छन् । ‘१० हजारदेखि ५ लाखसम्म छुट दिइएको छ, यो बम्पर छुट हो’, उनले भने, ‘यसको फाइदा लिन हामीले उपभोक्तालाई आग्रह गरिरहेका छौं ।’ उनका अनुसार यो छुट महोत्सवपछि पूर्णरुपमा हुनेछैन । छुट दिइए पनि केही कम हुने उनले बताए ।

फोर्स कम्पनीका मोटर बिक्री गर्दै आएको फोर्स मोटर्शले नयाँ गाडी अर्वानियामा ५ लाख रुपैयाँसम्म छुट दिएको फोर्स मोटर्श भैरहवाका अध्यक्ष समेत रहेका अटो प्याभेलियन संयोजक अमात्यले बताए । फोर्सको स्टलबाट एउटा फोर्स ट्राभलर गाडी बिक्री समेत भएको छ । ‘अर्को एउटा गाडी बुकिङ भएको छ’, फोर्स मोटर्स भैरहवाका प्रबन्ध निर्देशक प्रबिण भारीले भने, ‘गाडीबारे बुझ्न आउने धेरै हुनुहुन्छ । कतिले केही समयपछि खरिद गर्ने बताउनुभएको छ । यसबाट हामी उत्साहित छौं ।’

महोत्सबमा अटो स्टलमा बिक्री मात्र नभई अटोको बारेमा जानकारी लिने, सोधीखोजी गर्नेहरु समेत बढी छन् । इन्धन भन्दा पनि विद्युतीय गाडीबारे सोधपुछ गर्दै चासो राख्नेहरु बढी पाइएको र महोत्सवको अटो प्याभेलियनमा अवलोकनकर्ताको आकर्षण दैनिक बढ्दो क्रममा रहेको संघका महासचिव कृष्णप्रसाद घिमिरेले जनाए ।

बजाज कम्पनीको भैरहवा क्षेत्रमा दुई पांग्रे गाडी बिक्री गर्दै आएको बज अटोले पनि महोत्सवमा रहेको स्टल मोटरसाइकलबारे बुझ्ने धेरैजना आइरहेको जनाएको छ । ‘भैरहवा बुद्धचोकको बिक्री कक्षबाट बिक्री तथा प्रबद्र्धन गर्दै आएकोमा अहिले महोत्सव स्थलमा पनि स्टल राखेर बिक्री एवं हजारौं उपभोक्तामाझ प्रबद्र्धन गर्दै आएका छौं । यसबाट हामी खुशी छौं,’ बज अटोका भैरहवाका प्रबन्धक बलराम आचार्यले भने ।

आचार्य जस्तै अन्य अटो व्यवसायीहरु पनि महोत्सव मार्फत् अटोको प्रवद्र्धन गर्न पाएकोमा खुशी छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले मेलामा अटोको बिक्री मात्र नभई बजारीकरण एवं प्रबद्र्धन भएको जनाए । ‘बजारमा बिक्री कक्ष मार्फत बिक्री र प्रबद्र्धन हुँदै आएका कार, मोटरसाइकलहरुको प्रबद्र्धन, बजारीकरण एकै साथ हजारौं उपभोक्ता माझ हुन पुग्नु ठुलो कुरा हो’, उनले भने, ‘छोटो समय र कम खर्चमा अटोको प्रबद्र्धन एवं बजारीकरण महोत्सव मार्फत भएको छ । उनले एकै ठाउँमा धेरै वस्तुको प्रबद्र्धन गर्नु नै महोत्सवको विशेष भएको जनाए । लुम्बिनी महोत्सवले सबै क्षेत्रमा उत्साह थपेको श्रेष्ठ बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी चुनावमा नेकपा पुनः शक्तिशाली बन्छ : वर्षमान पुन

काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...

जापानको उत्कृष्ट प्रदर्शन, दुई गोलको अग्रता कायम

काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...

बाजुरामा एकाबिहानै बस दुर्घटना, २४ जना घाइते

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...

जलवायु संकटको अग्रपंक्तिमा नेपाल, हिमनदी पग्लिँदा बढ्दै बाढी–खडेरीको जोखिम

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...

प्रधानमन्त्री बालेन चितवन जाँदै, पार्टी महाधिवशेनमा सम्बोधन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...

कोशी प्रदेशका पहाडी तथा तराई भूभाग केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भ...

लेबनान तनाव चर्किएपछि इरानद्वारा होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा

तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...

पाल्पामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...

वर्षासँगै तराईमा घट्यो गर्मी, केही जिल्लामा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending