मुम्बइ । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २–द रुल’ ले भारतमा मात्रै नभई उत्तर अमेरिकामा पनि हलचल मच्चाएको छ ।
फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना, फहद फासिल र जगपति बाबु मुख्य भूमिकामा छन् । सुकुमारद्वारा निर्देशित यो फिल्मले बक्स अफिसमा हलचल मचाएको छ र धेरै रेकर्ड तोड्दै भारतीय सिनेमाको सबैभन्दा हिट फिल्ममा आफ्नो स्थान बनाएको छ ।
यो फिल्मले अहिलेसम्म १२ सय करोड रूपैयाँको कुल कमाई गरिसकेको छ, जसले यसलाई भारतीय सिनेमाको तेस्रो ठूलो हिट बनाएको छ । पहिलो नम्बरमा आमिर खानको फिल्म ‘दंगल’ छ जसको कमाई २ हजार करोड थियो । जहाँ दोस्रो स्थानमा प्रभासको फिल्म ‘बाहुबली २’ छ, जसले विश्वभर करिब १४०० करोड कमाएको छ । अहिले ‘पुष्पा २’ ले ९४४ करोडको आरआरआर अंक पार गरेको छ ।
विशेष कुरा के छ भने हिन्दी संस्करणले पनि राम्रो कमाई गरेको छ र हिन्दी बजारमा करिब ५०० करोडको आँकडा छोएको छ । यसबाहेक फिल्मले उत्तरी अमेरिका अर्थात् अमेरिका र क्यानडामा पनि उत्कृष्ट व्यापार गरिरहेको छ । फिल्मले अर्को ठूलो सफलता हात पार्दै भारतीय सिनेमाको शीर्ष १० हिटको सूचीमा प्रवेश गरेको छ ।
दुई दिनअघि नै चलचित्र ‘पुष्पा २’ ले अमेरिकी बक्स अफिसमा १० करोड डलर अर्थात झण्डै ८४ करोडको आँकडा पार गर्दै दशौं स्थानमा पुगेको थियो । यसले रणवीर सिंह र आलिया भट्टको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ लाई पछि पार्दै यो स्थान हासिल गरेको हो ।
तर, शनिबार साँझसम्म फिल्म ‘पद्मावत’लाई पछि पार्दै थप दुई स्थान उछिन्दै पुष्पाः२ आठौं स्थानमा पुगेको छ । फिल्मको कुल कमाई अहिले १२.२७ मिलियन डलर अर्थात् करिब १०४ करोड रुपैयाँ पुगेको छ भने ‘पद्मावत’ले बजारमा १२.१५ मिलियन डलर अर्थात् १०३ करोड रुपैयाँ कमाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: