Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु

खबरडबली संवाददाता

नियामी । बुर्किना फासोको सीमा नजिकै पश्चिमी नाइजरमा हालैका दिनमा भएका दुई आक्रमणमा परी ३९ जनाको मृत्यु भएको नियामीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । 

’लिबिरी र कोकोरोउ समुदायमा दुई भयानक आक्रमण भएका छन् । रक्षा र सुरक्षा बलहरूको निरन्तर अपरेसनबाट घेरिएका अपराधीहरूले रक्षाविहीन नागरिकहरूमाथि आक्रमण गर्दा ३९ जनाको मृत्यु भएको छ,” रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

“बर्बर आक्रमणमा लिबिरीमा २१ जना र कोकोरोउका बालबालिकासहित १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उक्त सशस्त्र आक्रमणमा डिसेम्बर १२ देखि १४ सम्म चलेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

हालैका दिनहरूमा विशेष गरी रक्तपातपूर्ण जिहादी आक्रमणहरूको शिकार भएका यी समुदायहरू तेरा सीमा क्षेत्रमा अवस्थित छन् । यस क्षेत्रलाई सशस्त्र जिहादी लडाकू समूहको आश्रयस्थल मानिन्छ । नाइजर, माली र बुर्किना फासोबीचको सीमावर्ती भूमि लामो समयदेखि इस्लामिक स्टेट समूह र अलकायदासँग सम्बन्धित जिहादीहरूका लागि लुकेर बस्ने स्थानका रूपमा परिचित छ ।

स्थानीय स्रोतहरूले डिसेम्बर ७ मा एएफपीलाई दिएको जानकारीअनुसार पछिल्लो आक्रमणमा बन्दुकधारीहरूले मालसामान बोकेर गएका गाडीहरूको समूहमाथि आक्रमण गर्दा २१ जना सर्वसाधारणको मृत्यु भएको थियो । 

बिबिसी र आरएफआई दुवैले बुधबार तेराको चाटौमानेमा जिहादीले ९० सैनिक र ४० भन्दा बढी सर्वसाधारणको हत्या गरेको जनाएका थिए । नाइजरको जुन्टा सरकारले आक्रमण र मृत्युका समाचारलाई ‘आधारहीन दाबी’ भन्दै खण्डन गरेको छ । एएफपीले स्वतन्त्र स्थानीय स्रोतबाट ती सङ्ख्यापुष्टि गर्न नसके पनि पश्चिमी सुरक्षा स्रोतले एएफपीलाई मङ्गलबारको आक्रमणमा ९० देखि १०० जनाको मृत्यु भएको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending