Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

राैटहटमा जंगली हात्तीकाे आतङ्कले स्थानीय त्रसित

खबरडबली संवाददाता

रौतहट । जङ्गली हात्तीको आतङ्कले रौतहट चन्द्रपुर नगरपालिका–३ गैँडाटार वनक्षेत्र नजिकका वासिन्दा राती घरमा सुत्न छोडेका छन् ।  रातीको समयमा जंगली हात्तीको बथान गाउँमा पसेर घर भत्काउन र भण्डार गरिएको अन्न खान थालेपछि उक्त क्षेत्रका बासिन्दा रात्रीको समयमा घर छोड्न बाध्य भएका हुन् । 

हात्तीले स्थानीय सन्तबहादुर रुम्बा, मिना राई, बलीमायाँ लोप्चन, छेनामसिंह लोप्चन, बोम्जन साइँला, सुबास ठोकर र साइँला गोलेको घर भत्काएको छ। घरमा रहेको अन्न खाई क्षेतिसमेत पुर्‍याएको छ । दुई सातादेखि वनक्षेत्र नजिक रहेका बस्तीमा जङ्गली हात्ती प्रवेशगरी स्थानीयको घर भतत्काउनुकोसाथै कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्मित पार्क र पानीघट्ट समेत भत्काइदिएपछि स्थानीय आतङ्ति बनेका छन् । हात्तीले स्थानीय किसानको बालीमा समेत क्षेति पुर्‍याएको वडा अध्यक्ष बोधनाथ देवकोटाले बताए । 

हात्ती आतङ्कबाट जनधनको क्षेति हुनबाट जोगाउन डिभिजन वन कार्यालय, नगरपालिकालगायतका सरोकारवाला संस्थाले चासो दिनु पर्ने स्थानीयको माग छ । स्थानीय समाजसेवी सन्तोष चौहानले हात्तीबाट थप क्षेति हुन नदिन वडा कार्यालयले नगरपालिकासंग समन्वय गरी सडक बत्ति र हात्ती भगाउने यन्त्र तथा साइरनको व्यवस्था मिलाउनु पर्ने सुझाव दिए । उनकाअनुसार पालिकाको उत्तरी चुरेक्षेत्रीय तटमा अवस्थित उक्त वस्तीमा बर्सेनी हात्तीले दुःख दिँदै आएको छ । 

त्यसको दीर्घकालीन समाधानको उपाए डिभिजन वन कार्यालयले गर्नु पर्ने देखिन्छ । यता डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत महालक्ष्मी शर्माले हात्तीबाट जनधनको क्षेति हुन नदिन स्थानीयले नै उच्च सतर्कता अपनाउनु पर्ने बताउँदै हात्ती आतङ्कको दीर्घकालीन समाधानको लागि माथिल्लो निकायसंग परामर्श गरिने जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending