Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सिरियाका नयाँ नेतासँग वार्ता गर्न इयूका कुटनीतिज्ञलाई पठाइयो

खबरडबली संवाददाता

ब्रसेल्स । सिरियाका लागि युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लासले सिरियाका लागि युरोपेली सङ्घका राजदूत दमास्कस जान लागेको बताएका छन् । लामो समय सिरियामा शासन गरेका राष्ट्रपति बशर अल असदलाई सत्ताच्युत गरेपछि पश्चिमा शक्तिहरूले सक्रियता बढाएको र यो पहल पनि तदनरूप भएको बताइएको छ । 

संयुक्त राज्य अमेरिका र बेलायतले विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा रहेको दमास्कसमा नयाँ अधिकारीहरूसँग सम्पर्क गरेको बताएपछि ब्रसेल्सको यो पहल शुरू भएको हो । 

सिरियामा असदको परिवारको पाँच दशक लामो शासनको अन्त्य गर्दै विद्रोहीले सत्ता कब्जा गरेपछि क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरू सिरियामा प्रभाव जमाउन होडबाजी गरिरहेका छन् । “सिरियाका लागि हाम्रा उच्च कूटनीतिज्ञ आजै दमास्कस जानुहुनेछ र नयाँ नेतृत्वसँग सम्पर्क गर्नुहुनेछ,” इयूका विदेशमन्त्रीहरूको बैठकअघि कल्लासले पत्रकारसँग भने । 

एचटीएसको जड अल–कायदामा रहेको र धेरै सरकारहरूले यसलाई आतङ्कवादी समूहको रूपमा सूचीकृत गरेकाले पश्चिमा मुलुकहरूजस्तै युरोपेली सङ्घका राष्ट्रहरू पनि दमास्कसको नयाँ नेतृत्वप्रति सचेत छन् । इयूले देशको गृहयुद्धको समयमा दमास्कसमा असद शासनसँग सम्बन्ध विच्छेद गरेको थियो तर द्वन्द्व पिडित सिरियालीलाई मद्दत गर्न मानवीय सहायताको एक प्रमुख दाताको रूपमा रहेको छ । 

कल्लासले ब्रसेल्समा इयूका विदेशमन्त्रीहरूले सिरियाको नयाँ नेतृत्वसँग कसरी संलग्न हुने र कुन स्तरमा संलग्न हुने भन्ने विषयमा छलफल गर्ने बताए । यसै महिना इयूको शीर्ष कूटनीतिज्ञको जिम्मेवारी सम्हालेका कल्लासले भने, “हामी सिरियामा युद्धपछिको शून्यतालाई वेवास्ता गर्न सक्दैनौँ ।”

दमास्कसका नवप्रवर्तक अधिकारीहरूले अल्पसङ्ख्यकहरूको संरक्षण गर्ने र समावेशी सरकार गठन गर्ने प्रतिबद्धता जनाएपछि अन्तर्राष्ट्रिय खेलाडीहरूले सतर्क आशा व्यक्त गरेका छन् । कूटनीतिज्ञहरूका अनुसार असदलाई सत्ताच्युत गरेपछि युरोपेली सङ्घका केही सदस्य राष्ट्रहरूले सिरियासँग सम्बन्ध विस्तार गर्न दबाब दिइरहेका छन् भने अन्य देशहरू बढी सतर्क छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

चीनद्वारा इन्टरनेट उपग्रह प्रक्षेपण

हाइनान । चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको ...

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन् । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending