जर्मनी । युरोपेली केन्द्रीय बैङ्कका अध्यक्ष क्रिस्टीन लेगार्डले सोमबार युरोक्षेत्रका नीति निर्माताहरूले मुद्रास्फीति ईसीबीको दुई प्रतिशतको लक्ष्यतर्फ निरन्तर झरेमा ब्याज दरमा थप कटौती गर्ने बताएका छन् ।
बैङ्क अफ लिथुआनियामा आयोजित एक सम्बोधनमा लेगार्डले भने, “यदि आउने तथ्याङ्कले हाम्रो आधार रेखालाई पुष्टि गर्ने क्रमलाई जारी राख्छ भने, यात्राको दिशा स्पष्ट छ र हामी ब्याज दरलाई अझ कम गर्ने अपेक्षा गर्दछौँ ।”
मुद्रास्फीति नियन्त्रणमा आउने र युरोक्षेत्रको अर्थतन्त्रकमजोर हुने सङ्केत देखिएपछि ईसीबीले गत साता फेरि ब्याजदर कटौती गरेको थियो । यो त्रैमासिक कदम फ्रैङ्कफर्टस्थित केन्द्रीय बैङ्कको लगातार तेस्रो कटौती हो र जून पछि यसको चौथो कटौती हो ।
मुद्रास्फीतिमा देखिएको सहजता चक्रले ईसीबीको प्रमुख निक्षेप दरलाई चार प्रतिशतको सर्वकालिक उच्च अङ्कबाट तीन प्रतिशतमा झारेको छ । “केन्द्रीय बैङ्कको अडान ‘प्रतिबन्धात्मक’ रहेको छ”, लेगार्डले भने, “यसले मुद्रास्फीतिलाई कम गर्ने ईसीबीको मुख्य लक्ष्यलाई पूरा गर्न यूरोजोनमा व्यावसायिक गतिविधिमा ‘ब्रेक’को रूपमा काम गर्नेछ ।
बैङ्कले उपभोक्ताको मूल्यको चाप कम हुँदै गएपछि मौद्रिक नीतिलाई खुकुलो बनाउँदै आफ्नो सन्देशलाई नरम बनाउँदै लगेको छ । “हामी दुई प्रतिशत मुद्रास्फीतिको हाम्रो लक्ष्य प्राप्त गर्ने दिशानजिक छौँ, यद्यपि हामी अझै त्यहाँ पुगिसकेका छैनौँ,” लेगार्डले भने । सन् २०२२ को अन्त्यमा १० प्रतिशतभन्दा माथि पुगेको युरो क्षेत्रको मुद्रास्फीति नोभेम्बरमा २।३ प्रतिशत रहेको थियो ।
गत साता प्रकाशित नयाँ आर्थिक प्रक्षेपणमा ईसीबीले सन् २०२५ मा मुद्रास्फीति दर २.१ प्रतिशत र सन् २०२६ मा १.९ प्रतिशतमा झर्ने अनुमान गरेको छ । यदि संयुक्त राज्य अमेरिकाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा व्यापारमा संरक्षणवादी अभियान चलायो भने युरो क्षेत्रको वृद्धिमा असर पर्ने सम्भावना छ । भूराजनीतिक तनावमा वृद्धिले निकट भविष्यमा ऊर्जाको मूल्य र सामानको लागतलाई उच्च बनाउन सक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: