गाईघाट। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले बजेट सुनिश्चित नहुँदा उदयपुर जिल्लामा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम अगाडि बढाउन नसकिएकोे बताएको छन ।
प्रस्तावित विमानस्थल निर्माण गर्नका लागि छुट्याइएको जग्गाको स्थलगत अवलोकन गर्न सोमबार अपरान्ह उदयपुरको त्रियुगा नगरपालिका१ स्थित जोगिदह पुग्नुभएका मन्त्री पाण्डेले विमानस्थल निर्माण समितिद्वारा आयोजित एक कार्यक्रममा सो कुरा बताएको हो ।
सरकारसँग विमानस्थल निर्माणका लागि आवश्यक बजेट नहुँदा विगत लामो समयदेखी निर्माणको काम रोकिएको बतादै मन्त्री पाण्डेले यहाँ जग्गाको मुआव्जासमेत तिर्नु नपर्ने अवस्था रहेको र जग्गा प्राधिकरणका नाममा आइसकेको अवस्थामा सरकारले बजेट सुनिश्चित गरेर निर्माणको कायलार्ई सुचारु गर्न सरकारका विभिन्न निकायहरुबिच अहिले छलफल भइरहेको जानकारि गराए। उनले उदयपुरको यो सगरमाथा विमानस्थल निर्माणका लागी लागत स्टमेट तयार गरेर जनस्तरको सहभागीतासँगै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले संयुक्त रुपमा बजेट विनियोजन गरी आर्थिक सुनिश्चितता गर्न अति आवश्यक रहेको भन्दै मन्त्री पाण्डेले राज्यसँग अहिले बजेट अभाव भएकोले यो योजनाका लागि बजेट विनियोजन गर्न नसकेकोले सबै पक्ष मिलेर, सबै पक्षको लागत सहभागितामा मात्र यो विमानस्थल निर्माण गर्न सकिने बताए ।
नागरिक उड्यान प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारी, मन्त्रालयका सचिव डा।गणेशप्रसाद पाण्डे, उदयपुर निर्वाचन क्षेत्र नं। १ का संघिय सांसद डाक्टर नारायण खडकासहित प्रस्तावित सगरमाथा विमानस्थलको अवलोकन गर्न पुग्नुभएका मन्त्री पाण्डेले बजेट अभावको कुरा देखाउँदै जनस्तरको सहभागीतासँगै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले लागत स्टमेट तयार गरेर बजेट विनियोजन गरि विमानस्थल निर्माणको कार्य सुरु गर्नुपर्ने बताएपछि स्थानीय भने विमानस्थल नबन्ने भन्दै निराश भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका १ र २ को सामुदायिक वन क्षेत्रको १५७ हेक्टर वन अधिग्रहण गरि करिव २६ प्रजातिका करिव १५ हजार रुख कटान गरि सगरमाथा विमानस्थल निर्माणको लागि जग्गा खाली गरिएको भएपनि पछिल्लो समय हरियो रुख काटेर काठ बयवासायी मार्फत ठूलो परिमाणमा काठ बिक्रि गर्ने बाहेक विमान स्थल निर्माणको काम पूर्ण रुपले रोकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: