Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

भक्तपुर महोत्सवको आज अन्तिम दिन

खबरडबली संवाददाता

भक्तपुर। गत मंसिर २८ गते शुक्रबारदेखि सुरु भएको पाँंचदिने भक्तपुर महोत्सव २०८१ पुस २ गते मंगलबार टुंगिंदैछ ।

महोत्सवको अन्तिम दिन मंगलबार भक्तपुर दरवार स्क्वायरमा समापन कार्यक्रम हुनेछ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको प्रमुख आतिथ्यतामा दिउँंसो २ बजेबाट भक्तपुर दरवार क्षेत्र लायकूको खुल्ला क्षेत्रमा समापन कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । यसअघि उदघाटन पनि बिजुक्छेंकै प्रमुख आतिथ्यतामा दरवार क्षेत्रमै भएको थियो ।

दरवार क्षेत्रमा समापन कार्यक्रम भए पनि नगरका टोलटोल, वडावडामा भइरहेका प्रदर्शनीहरु भने निरन्तर जारी रहनेछन् । त्यसकारण अन्य दिनहरुमा जस्तै अन्तिम दिन मंगलबार पनि विहान १० बजेदेखि साँंझ ५ बजेसम्म नै महोत्सव हेर्न सकिने छ ।

महोत्सव हेर्न काठमाडौं उपत्यकासहित उपत्यका बाहिरबाट दैनिक एकदेखि दुई लाख आन्तरिक पर्यटक आएको आयोजक भक्तपुर नगरपालिकाले जनाएको छ । विदाको दिन शनिबार र आइतबार दुई दिन दुईदुई लाख र अन्य दिनहरुमा एक लाखको हाराहारीमा पाहुनाहरु भक्तपुर महोत्सव हेर्न पुगेको उसले जनाएको छ । महोत्सव हेर्नका लागि आयोजक भक्तपुर नगरपालिकाको निमन्त्रणामा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललगायत देशका विभिन्न महानगरपालिका, नगरपालिका तथा गाउँंपालिकाका प्रमुख उपप्रमुखहरु भक्तपुर पुगेकोे आयोजक नगरपालिकाले जनाएको छ । साथै विदेशी राजदूतहरुलाइ पनि विशेष निमन्त्रणा गरी भक्तपुर महोत्सवको अवलोकन भ्रमण गराइएको नगरपालिकाले जनाएको छ ।

अन्तिम दिन मंगलबार अझ विशेष सहभागिता हुने आशा आयोजकले गरेको छ । २६ वर्षपछि यति बृहत रुपमा भएको यो दोश्रो भक्तपुर महोत्सव हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

सुशीला कार्की सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...

बाँके २ बाट अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

नख्खु कारागारबाट फरार कैदीद्धारा ठमेलमा एक युवकको हत्या, रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending