काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको बताएका छन ।
ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नकारात्मक प्रवृत्ति देखिएका भए पनि देश र जनताको अवस्था हिजोको जस्तो नभएको बताएका हुन् ।
‘कतिपय मानिसहरूले भनिरहेका छन्, व्यवस्था बदलियो, अवस्था बदलिएन भनेर, व्यवस्था पनि बदलियो, अवस्था पनि बदलिएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा पूर्वाधार, प्रविधि, जीवनशैली हरेक क्षेत्रमा परिवर्तन आएको ओलीले बताउनुभयो । ‘हामी अगाडि बढिरहेका छौँ, अवस्था जहाँको तहीँको अवस्था भने छैन ।’
बर्तमान सरकार नागरिकको अभिभावक भएर प्रस्तुत भएको ओलीले जिकिर गरेका छन । ‘केन्द्रदेखि, प्रदेश र स्थानीय तहसम्मका सरकार नागरिकको सेवाका लागि बनेका सरकारको काम शासन गर्ने होइन सेवा दिने हो’, उनले भने ।
नेपालमा २०८२ साल भित्र कुनै पनि सडकमा सडक मानव हुन नदिने उनले दावी गरेका छन । यसको लागि सरकारले आवश्यक व्यवस्था गरिरहेको पनि ओलीले जानकारी दिए ।
कतिपय कुरामा विकृति देखिएका बताउँदै ओलीले सरकार त्यसलाई सच्याएर अघि बढ्ने बताउँदै सामाजिक सुरक्षाको क्षेत्रमा सरकार जिम्मेवार भएर प्रस्तुत हुने उनको भनाइ छ ।
आफूलाई कुनै राजनीति गर्नु नभएको बताउँदै ओलीले देशको अवस्थालाई माथि उठाउनु आफ्नो प्रमुख दायित्व भएको जनाउँदै आफू त्यसमा नै केन्द्रित रहेको ओलीको भनाइ छ ।भ्रम र तनावले व्यक्ति आफैँलाई सिद्ध्याउन बताउँदै बिना तनाव काममा लाग्न आग्रह गरेका प्रधानमन्त्री ओलीले जीवनलाई अत्यन्तै होसियारी साथ प्रयोग गर्न सुझावसमेत दिएका छन । बिकृति जुनसुकै समाजमा पनि हुने बताउँदै ओलीले त्यसलाई चिरेर समृद्ध समाज निर्माणको बाटोमा तीव्रताका साथ अघि बढ्नु पर्ने धारणा राख्दै उनले सामाजिक न्याय र समानतामा आधारित भएर राष्ट्र निर्माणको लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्नु पर्ने जोड गरेका छन ।
‘एकता आजको आवश्यकता हो, परस्परमा घृणा फैलाउने कुरा हाम्रो मौलिकता होइन’, ओलीले भने, ‘नेपाल बुद्ध जन्मिएको शान्ति भूमि भएकोले नेपालले विश्वलाई शान्तिको सन्देश दिनु पर्नेछ ।’ प्रगतिको यात्रा कहिल्यै पनि पुरा नहुने भएकोले थप प्रगतिको बाटोमा अघि बढ्नु पर्ने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: