काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउँदा ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने बताएका छन् ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल)ले ऊर्जा मन्त्रालयमा आयोजना गरेको सार्वजनिक-निजी साझेदारीअन्तर्गत निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागिता गराउन आयोजित सम्झौता कार्यक्रममा मन्त्री खड्काले यो सम्झौता नेपालको ऊर्जा क्षेत्रको विकासमा ऐतिहासिक भएको बताए ।
निजी क्षेत्रबाट प्रसारण लाइन निर्माणका लागि आरपिजिसिएलले निजी क्षेत्रको लगानी रहेका रेमिट हाइड्रो लिमिटेड, सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो भेन्चर प्रालिसँग समेत सम्झौता गरेको छ ।
कार्यक्रममा ऊर्जामन्त्री खड्काले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रबाट बन्न लागेको प्रसारण लाइन कोसेढुङ्गा सावित हुने बताए । ‘निजी क्षेत्रको साझेदारीमा यस्ता प्रसारण लाइन बनाउँदा निजी क्षेत्रलाई उत्साहित गर्ने मात्र होइन, खर्च कटौती र लक्ष्यप्राप्तिलाई पनि योगदान पुर्याउनेछ’, ऊर्जामन्त्री खड्काले भने ।
निजी क्षेत्रको सहभागिताबिना कुनै पनि क्षेत्रको विकास सम्भव नभएको मन्त्री खड्काको भनाइ छ । उनले प्रसारण गुरूयोजना दिगो खालको बनाउन सरकार लागेको बताए । मन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन, प्रसारण र वितरण गर्ने सरकारले राखेको लक्ष्य पूरा गर्न यस्ता सम्झौताले सहयोग पुग्ने बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले विद्युत् उत्पादन र प्रसारणका क्रममा देखिएका वनका समस्या समाधान गर्न सरकार लागिपरेको बताए । उनले ऊर्जा उत्पादनमार्फत देशको विकास सम्भव भएकाले यसको विकासमा लाग्न सबैलाई आग्रह गरे ।
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले निजी क्षेत्र प्रसारण लाइनको निर्माणमा लाग्नु सरकारको लागि खुसीको कुरा भएको बताए । उनले निजी क्षेत्रबिना सरकार एक्लैले ऊर्जा क्षेत्रको विकास गर्न नसक्ने उल्लेख गरे ।
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारीले मुलुकको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा जोड्नु उपलब्धीमूलक कुरा भएको बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढिलै भए पनि प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई जोड्नु उपलब्धिमूलक कुरा भएको बताए ।
सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत आरपिजिसिएलले निर्माण गर्न लागेको प्रसारण लाइनमा आरपिजिसियलाई आवश्यक पर्ने ऋण लगानी हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसियल)ले गर्ने सम्झौता भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - ०८:१८
भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...
चैत्र २३ गते, २०८२ - ०८:१५
काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...
चैत्र २३ गते, २०८२ - ०८:०६
काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...
चैत्र २३ गते, २०८२ - ०८:०१
काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...
चैत्र २३ गते, २०८२ - ०७:५८
काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...
चैत्र २३ गते, २०८२ - ०७:५१
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...
चैत्र २३ गते, २०८२ - ०७:४५
काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ। शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...
चैत्र २३ गते, २०८२ - ०७:३५
चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...
चैत्र २३ गते, २०८२ - ०७:२८
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...
चैत्र २३ गते, २०८२ - ०७:२५
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...


प्रतिकृया लेख्नुहोस्: