Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

सिरक डसना बनाएरै मासिक डेढ लाख कमाउँछन् सर्लाहीका मोहमद

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला दिनमा सिरक डसना बनाउन भ्याइनभ्याइ भएको छ । सिरक डसना बनाउने पेसाले मनग्य आम्दानी हुने गरेको उनले बताए । रफिकका दुई छोरा सोही काममा वैदेशिक रोजगारीमा छन्। उनको एक छोरा ट्र्याक्टरमा पुरानो लुगा पेलेर सिरक डसना बनाउने काम गर्दै विभिन्न स्थान पुग्ने गरेका छन्। मोहमद भने गाउँ तथा नजिकैको बजार क्षेत्रमा सिरक डस्ना बनाउने काम गर्छन् ।

यस कामबाट आम्दानी राम्रो हुने गरेको हरिपुर–५ का कालीगढ हसन मन्सुरले बताए । ‘सिरक डसना बनाउने काम परम्परागत हुँदै हामीले सिकेका हौँ’, उनले भने, ‘व्यापारीले काम दिएको बेला बजारतिरै काम गर्छौं । बाँकी समय गाउँगाउँमै पनि पुग्ने गरेका छौँ।’

धनुषा, पर्सा, काठमाडौँसम्म पुगेर सिरक डसना बनाउने काम गरेको रफिकले बताए। उनका अनुसार एक जना कालीगढले दिनमा सात वटासम्म सिरक वा डसना बनाउन सक्छन् । पसले वा स्थानीयबाट लम्बाइ र चौडाइ हेरेर एउटा सिरक वा डसना बनाएको कम्तीमा रु सात सय ज्याला लिने गरेको उनले बताए ।

सिरक डसना बनाउन सम्पूर्ण सामान साहुले नै उपलब्ध गराइदिन्छन् । कपास फिट्ने लाठी र सियोको भरमा मनग्य आम्दानी गर्ने गरेको मन्सुरको भनाइ छ । जस्तोसुकै भए पनि सीप भएपछि कमाइ गर्न समस्या नहुने उनी बताउँछन् ।

औपचारिक शिक्षा नलिएका तीनै जनाले आफ्ना बुबाबाजेबाट सिकेको सीप लिएर स्वरोजगार बनेको बताए । मेहनत गर्न सक्दा गाउँ ठाउँमै काम पाइने उनको भनाइ थियो। यामको तीन(चार महिना कात्तिक, मङ्सिर, पुस र माघसम्म मासिक  डेढ लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्ने गरेको रफिकले बताए । ‘दिनको झण्डै ५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ’, उनले भने, ‘बिहानैदेखि आँखा देखुञ्जेल काम गर्नुपर्छ।’

सिरक डसना बनाएर कमाएको आम्दानीले परिवारका सात जनाको भरणपोषण गर्ने गरेको उको भनाइ थियो । ‘अहिले छोराहरू पनि कमाउन जान्छन्, अर्का कालीगढ हाफिज मन्सुले भने, ‘तर, घरमा भएका बुहारी नातिनातिनीहरु सबैको लालनपालन आफैँले गरिरहेको छु।’ कमाइ नभए कसरी परिवार पाल्नु ?’ हफिजका अनुसार पछिल्लो समय विभिन्न प्रकारका म्याटेसलगायतको बजारले सिरक डसनाको माग कम हुँदै गएको छ।

यसरी सिरक डसनाको मागसँगै बनाउने पेसासमेत सङ्कटमा पर्दै गएकोमा दुखेसो छ । उनले भने, ‘बजारमा विभिन्न म्याटेस पाहिन्छ । गाउँमा पनि त्यही राख्न थालेका छन् । गाउँगाउँमा ट्र्याक्टरमा उपकरण लिएर हिँड्नेले पुरानो लुगाबाट सिरक डस्ना बनाउन थालेपछि झन कपासको प्रयोग गरेर सिरक डसना बनाउने काम घट्दै गएको छ।’

प्रत्येक वर्ष चिसो बढ्दै जाँदा जाडोको जोहो न्यानो सिरक डसनाको खपत बढ्ने गर्दछ । यस वर्ष पनि समयमै चिसो सुरु भएकाले जिल्लामा सिरक डसना बनाउने जनशक्तिको चहलपहल बाक्लिनुका साथै बजार पसलका समेत सिरक डसनाको माग बढ्दै गएको सर्लाहीको बरहथवा बजारमा सिरक डस्ना व्यापार गर्नुहुने राम दरेश ठाकुरले बताए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैशाख १२ : सम्झनामा पीडा, यथार्थमा अधुरो पुनर्निर्माण

काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो।  २०७२ काे भुकम्पले भत्काएको केव...

अदालतले खोले पनि कांग्रेसभित्र ‘गाँठो’ बाँकी : एकता कुरा, अविश्वास गहिरो

काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...

यस्तो छ आजका लागि कालीमाटी तरकारी बजारमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

सुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने

काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...

बेनीमा शान्ति पार्क बनाउने योजना अन्योलमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...

सुकुमबासी बस्तीमा अवरोध गर्नसक्ने आशङ्कामा थप दुई जना पक्राउ

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...

सुकुम्बासी बस्ती खालि गर्न अगाडि बढ्यो प्रहरी

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...

थापाथलीमा ‘डोजरको घडी’ : सवा ८ पछि कारबाही, पहिले आफैँ सामान सार्न व्यस्त स्थानीय

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...

भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे

भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending