बाजुरा। देशका विभिन्न गाउँमा टिमुरको माग बढ्दै गएको बेला बाजुराको जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ । टिमुरको महत्त्वबारे बाजुराका स्थानीयलाई खासै जानकारी नहुँदा यहाँका अधिकांश वनजङ्गलमा टिमुर त्यतिकै खेर जाने गरेको हो ।
व्यक्तिगत प्रयोजनका लागि थोरै ल्याउने गरेको भए पनि बजार बिक्री गर्ने गरी यहाँका स्थानीयले टिमुर नटिप्ने गरेको छेडेदह गाउँपालिका –२ जयवाग्श्वरीका स्थानीय हिरा रोकायाले बताए ।
उनले भने, “गाउँमा बिक्री हुँदैन । जिल्लाभन्दा बाहिर लिएर बेच्न रोक गरेको छ । त्यसैले यता कसैले टिमुर नटिपेपछि त्यो त्यत्तिकै वनमा खेर जाने गरेको छ ।”
अहिले केहीले त टिमुर टिप्ने गरेका छन् । तर उनीहरुले पनि मेहनेत गरे अनुसार पैसा नपाउँनु बिक्री गर्न लिदा पनि जोखिम मोहल्नु पर्ने समस्या भएकाले टिमुर टिप्नै छोडेको रोकायाले बताए।
पछिल्लो समयमा बाजुराका केही स्थानीय निकायले टिमुर खेती गर्ने योजना बनाएका छन् ।
पछिल्लो समय देश विभिन्न सहरका होटेलमा टिमुरको अचारको माग बढ्दै गएपछि स्थानीय निकायले पनि टिमुरको व्यावसायिक खेती गर्ने चाँसो देखाएका हुन् ।
बाजुराको गौमुल गाउँपालिका वडा नं –२ को वडापालिकाले पछिल्लो समय टिमुर खेती सुरु गरेको गौमुल गाउँपालिका वडा –२ का वडा अध्यक्ष देव रोकायाले बताए।
उनले भने, “टिमुरको पछिल्लो समय विभिन्न ठाउँबाट माग आउने गरेकोले यहाँका स्थानीयलाई टिमुर खेती गर्नमा उत्प्रेरित गर्दै आएको हो ।”
नेपालको पूर्व, मध्य र पश्चिम नेपालमा टिमुर पाइन्छ । टिमुर २ देखि ३ मिटरभन्दा अग्लो, काँडेदार, सुगन्धित, सानो खालको रुख वा झाडी वर्गको, पतझड वनस्पतिको हो ।
बाजुराको बुढीन्नदा, बडीमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहको विभिन्न वनमा पनि प्रसस्त टिमुर पाइन्छ । बाजुराको लेकाली ठाउँको ११ देखि २५ सय मिटरसम्मको उचाईमा टिमुर फल्ने गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १२:३९
तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो निर्व...
फाल्गुन २९ गते, २०८२ - १२:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा संवाद भएको ...
फाल्गुन २९ गते, २०८२ - १२:०७
बैतडी। बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी किनारमा मृत अवस्थामा फेला परेकी छन्। ...
फाल्गुन २९ गते, २०८२ - ११:५७
काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको...
फाल्गुन २९ गते, २०८२ - ११:५१
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको...
फाल्गुन २९ गते, २०८२ - ११:३९
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन प्रचार–प्रसारमा गरेको खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको...
फाल्गुन २९ गते, २०८२ - ११:२८
काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ सम्म सञ्चालन गर्ने गरी कम्तीमा १४३ वटा विशेष उडानको तालिका सार्वजनिक गरेको छ। युद्धका कारण कतारको हवाई...
फाल्गुन २९ गते, २०८२ - ११:०८
जुम्ला। बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचार...
फाल्गुन २९ गते, २०८२ - १०:५९
म्याग्दी। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा। महावीर पुनले चुनावी खर्...
फाल्गुन २९ गते, २०८२ - १०:३३
नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका...


प्रतिकृया लेख्नुहोस्: