रौतहट । बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म राजश्व संकलन (अवैध सामान बरामद) गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै पुनः उत्कृष्ट भएको छ ।
राजश्व संकलनमा गत आर्थिक बर्षमा देशमै उत्कृष्ट रहेको गुल्म यस आर्थिक वर्षमा पनि प्रमुख डिएसपी सुरज रिजालको सक्रियताले उत्कृष्ट बनेको हो।
वीरगन्ज भन्सार एरियाबाट यस आर्थीक बर्षको साउन देखी मंसिर मसान्तसम्म ५ महिनाको अवधिमा को तस्करीको माध्यमले भित्र्याइएको १० करोड भन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको हो ।
डिएसपी रिजाल अहोरात्र फिल्डमा खटेर त्यत्रो ठूलो परिमाणको तस्करीको माध्यमले भित्र्याएको मालसमान बरामद गर्न सफल भएका हुन् ।
सशस्त्र प्रहरी बल प्रस्तावित भन्सार गुल्मको इतिहासमा डिएसपी रिजालको कमाण्डले सबै भन्दा बढी तस्करीको मालसमान बरामद गरी भन्सार बुझाउन सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एस एसपी सुर्यसेन ओलीले बताएका छन् ।
यस आर्थिक वर्षको साउन महिनामा २ करोड ६१ लाख ५० हजार ८८२, भदौ महिनामा २ करोड ६१ लाख,१७ हजार,८६८, असोज महिनामा १ करोड ६४ लाख,६३ हजार,६३४, कार्तिक महिनामा,१ करोड ५३ लाख,२१ हजार ,८३५ , र मंसिर महिनामा २ करोड,६ लाख,३३ हजार,५८१ गरी कुल १० करोड ४६ लाख, ८७ हजार,८०० रुपैया बराबरको अबैध सामान बरामद गरी भन्सारमा बुझाएको डिएसपी सुरज रिजालले बताएका छन्।
त्यसैगरी सोही अवधिमा सशस्त्र प्रहरीको टोलीले चेक जाँचको क्रममा साढे ३३ किलो गाँजा, बिभिन्न किसिमका नशालु इन्जेक्सन १६ सय ८ एमपुल,७ हजार ३५६ ट्याबलेट,८४ फाईल झोल औषधी बरामद गरिएको डिएसपी रिजालले बताएका छन्।
उक्त अवधिमा लागूऔषध ओसारपसार, तस्करीमा संलग्न २१ जना मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
डिएसपी रिजाल वीरगन्ज भन्सार प्रस्तावित गुल्मको इन्चार्जका रूपमा २०८० चैत ७ गते हाजिर भएका थिए । गत आर्थिक बर्षमा हाजिर भएको मात्र तीन महिना २० दिनको अवधिमा ८ करोड ८३ लाख ,३४ हजार ९९३ रुपैयाँ मूल्य बराबरको तस्करीका मालसमान बरामद गरी भन्सारमा बुझाएको थियो।
सशस्त्र प्रहरी बल वीरगन्ज गुल्म यस आर्थिक वर्षको मंसिर मसान्त सम्ममा तस्करीका मालसमान बरामद गरी भन्सार दाखिला गराउन नेपालमै उत्कृष्ट हुनसफल भएको सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - १७:०३
काठमाडौं। नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीको काममा नलग्ने नेताहरूलाई बिदा गरिने बताएका छन । एमा...
पौष ३ गते, २०८१ - १६:५४
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउएका...
पौष ३ गते, २०८१ - १६:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स प्रवेश गरेको छ । विनोद भण्डारीको अर्धशतक मदतमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर...
पौष ३ गते, २०८१ - १६:२९
काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन । थाइल्याण्डको राजधानी बै...
पौष ३ गते, २०८१ - १६:२२
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेको छन । राष्ट्रपति पौडेलले बुधबार डा। शङ्करप्रसाद शर्मा भारतका ल...
पौष ३ गते, २०८१ - १६:००
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकर...
पौष ३ गते, २०८१ - १५:४६
काठमाडौं। नेपाली यु १९ टोलीले हङकङ विरुद्ध २२६ रनले बिजयी भएकाे छ । एकदिवसीय अभ्यास शृंखला आफ्नो पक्षमा पारेको नेपालले फराकिलाे जीत हासिल गरेकाे छ...
पौष ३ गते, २०८१ - १५:३७
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकतामा ज...
पौष ३ गते, २०८१ - १५:३०
तुलसिपुर। पिकअप भ्यानको ठक्करबाट तुलसिपुरमा एक जना महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–५ निवासी ५० वर्षीया लिला भुसालको मृत्यु भएको हो । इलाका ...
पौष ३ गते, २०८१ - १४:५६
काठमाडौं। जनकपुर बोल्टसले सुदुरपश्चिमलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो इलिमिनेटरमा जनकपुरले सुदूरपश्...
प्रतिकृया लेख्नुहोस्: